डाेल्पा : डाेल्पाकाे काईके गाउँपालिका २०७५ बैशाख २२ गते पूर्ण खाेप गाउँपालिका घाेषणा गरिएकाे थियाे । “स्थानीय स्वामित्व र सहभागीता,पूर्ण खाेप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराकाे साथ नेपाल रेडक्रस साेसाईटीकाे सहयाेग र काईके गाउँपालिकाकाे आयाेजनामा पूर्ण खाेप सुनिश्चितता पालिका घाेषणा गरिएको थियाे ।
२०७५ साल बैशाख २२ गते डाेल्पामा पहिलाे स्थानीय तहकाे रुपमा काईके गाउँपालिका भित्रका वडा नं. १ देखि ७ सम्मका वडाहरुमा १६ देखि ५९ महिना सम्मका सबै बालबालिकालाई राष्ट्रिय खाेप तालिका अनुसार १५ महिना उमेर भित्र पाउनु पर्ने सबै खाेप लगाएर पूर्ण खाेप शुनिस्पाचितथा पालिका घाेषणा गरिएकाे काईके गाउँपालिका अध्यक्ष अंगद कुमार रानाले बताए ।
अध्यक्ष रानाका अनुसार पूर्ण खाेप शुनिस्चितता पालिका घाेषणा पछि दिगाेपनाकाे लागि निरन्तर खाेप कार्यक्रम सञ्चालन भैरहेकाे बताए। पूर्ण खाेप जिल्ला घाेषणा गर्नकाे लागि सरकारले राष्ट्रिय खाेप तालिका अनुसार विभिन्न मापदण्ड पूरा गरेका पालिकालाई पूर्ण खाेप पालिका घाेषणा गर्ने कार्यलाइ तिब्रता दिएको छ । डाेल्पाका जगदुल्ला गाउँपालिका,मुड्केचुला गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिकालाई केही अघिमात्र पुर्ण खाेप पालिका घाेषणा भई सकेका छन भने अन्य पालिकाहरुले पनि पुर्ण खोप पालिका घोषणाका लागि तयारी तिब्र गरि रहेका छन। कर्णाली प्रदेशका १० जिल्ला मध्य डोल्पा मात्रै पुर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेको छ । काईके गाउँपालिकाले २०७५ सालमा पुर्ण खोप घोषणा गरेको भए पनि जिल्लामा कतै पनि तथ्याङ्क भने छैन । अब जिल्ला खोप समन्वय समितिबाट पास गरेर असार २ गते पुन पुर्ण खोप पालिका घोषणा गरिने काईके गाउँपालिका स्वास्थ्य शाखाका सयोजक हरि बहादुर रोकायाले जानकारी दिए ।