त्रिपुरासुन्दरी नगरपालिका पूर्ण खोप पालिका घोषणा

जैतुन अनलाइन | 2023-06-10

 लेख बुढा,

 डोल्पा :  डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा पूर्ण खोप नगरपालिका घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमका बिच पूर्ण खोप घोषणा गर्दै डोल्पाको तेस्राे पूर्ण खोप घोषणा गर्ने पालिका बनेको छ । नेपाल सरकारले ताेकेकाे मापदण्ड अनुसार पूर्ण खोप पाएको तथ्य सहित पूर्ण खोप पालिका घोषणा भएको त्रिपुरासुन्दरी नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत हिराचन्द धरालाले जानकारी दिनुभयाे ।

अधिकृत धरालाकाे अनुसार पालिकामा वालवालिकाले सबै प्रकारका खोप लाएको स्वास्थ्य कार्यालय डोल्पा र सामाजिक बिकास कार्यालय कर्णाली प्रदेश सुर्खेतले अनुगमन गरी सबै खाले आधारहरु पूरा गरेकोले घोषणा गरिएको बताइएकाे छ । हामीले पूर्ण खोप पालिका घोषण देखाउन वा नामको लागि मात्र नगरेको र आगामी दिनमा स्वास्थ्य क्षेत्रलाइ झनै प्रभाबकारी बनाउनुका साथै नागरिकले स्वास्थमा अनुभुति गर्नेगरी काम गर्ने प्रतिबद्धता गरेकाे त्रिपुरासुन्दरी नगरपालिका नगर प्रमुख जनचन्द राेकायाले बताउनुभयाे ।

आगामी दिनमा नगरपालिकाले साना बालबालिकाकाे स्वास्थ्य लाई मध्यनजर गर्दै खाेपालाई दिगाेपना गरिने नगर प्रमुख राेकायाले बताउनुभयो । पुर्ण खाेपा पालिका घाेषणा गर्न सहयाेग गर्ने स्वास्थ्य शाखा,आधारभुत स्वास्थ्य चाैकी,महिला स्वयंम सेविका लगाएत अन्य सराेकार वाला निकायलाई नगर प्रमुख राेकायाले धन्यवाद ब्यक्त गर्नुभयो । जिल्ला खाेप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकाया,सदस्य सचिव रत्नबीर सुनारले प्रमाणपत्र हस्तान्तरण गरि पुर्ण खाेपा पालिका घाेषणा गरिएको हाे । पुर्ण खाेप पालिका घाेषणा गर्न सहयाेग गर्ने विभिन्न निकायका ब्यक्तिलाई सम्मान गरिएको छ।

नगरपालिका भित्रका १५ महिना भन्दा कम उमेरका ३ सय २२ जना बालबालिकालाई पुर्ण खाेप लगाईएकाे त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । पुर्ण खाेपा पालिका घाेषणा भएतापनि आगामी दिनमा निरन्तरता दिने कुनै पनि बालबालिका खाेप बाट बञ्चित नहुने शाखाले जनाएको छ । त्रिपुरासुन्दरी नगरपालिका पूर्ण खोप पालिका घोषणा भएपछि नागरिकमा उत्साह छाएको छ । नागरिकको स्वास्थ क्षेत्रमा सबैको हातेमालो रहने छ भनेर सरोकारवाला सबैले घाेषणा सभामा हस्ताक्षर गरेकाछन ।