नागरिकलाई सेवा दिन वडा-वडामा घुम्ति शिविर गर्दै शे-फोक्सुण्डो गाउँपालिका

जैतुन अनलाइन | 2023-06-10

डोल्पा : शे-फोक्सुण्डो गाउँपालिकाले नागरिकलाई सेवा दिन वडावडामा घुम्ति शिविर गरि रहेको छ । शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङ्छेन गुरुङ्गको नेतृत्वमा शे-फोक्सुण्डो गाउँपालिकाका सबै वडामा बिभिन्न सेवाका घुम्ती शिविर गरिएका हुन । बैशाखको दोस्रो सातामा वडा नम्बर ८ र ९मा जलवायु परिवर्तनबारे साथसाथै नामक स‌स्थाको सहयोगमा जनतासँग शे-फोक्सुण्डो तालकाे छेउमा छलफल भएको थियो । प्रतिनिधि सभा उपसभामुख ईन्दिरा राना सहितो टोलीले शे-फोक्सुण्डोका नागरिक सँग जलवायु परिवर्तनका बारेमा चर्चा छलफल हुदा निकै महत्वपुर्ण बिषयमा छलफल पाएकाे र नागरिकले जलवायु परिवर्तनका बारेमा जान्न पाउनु खुसिको कुरा भएको उपाध्यक्ष गूरुङग बुझाई छ ।

भौगोलिक हिसाबले निकै ठुलो स्थानीयतह हो शे-फोक्सुण्डो गाउँपालिका ९ वटा वडा रहेको यो गाउँपालिका डोल्पा जिल्लाकै सबैभन्दा धेरै ठुलो भुभाग रहेको स्थानीय तह भएको कारण नागरिकलाई सेवा दिन सहज भने छैन । भुगोललाई ह‍ेरेर गाउँपालिकाले वडा स्तरमा नै सकिने जतिकाे सेवा दिन घुम्ति शिविर गरेको हो । ब्यक्तिगत घटना दर्ता सामाजिक सुरक्षा सम्बन्धी शिविर स्वास्थ्य सेवाहरु र अन्य बिकासका कुरा समेत वडा स्तरमा छलफल गरिरहेको शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङ्छेन गुरुङ्गले जानकारी दिए । गुरुङ्ग भन्छन भुगोलको कारण गाउँपालिकामा बिकासका काम हाल निरन्तर भएका छन हिउदको हिँउ अनि ढुवानी समस्याका कारण बिकासका काम बैशाख देखी असार भित्र सकाउनुपर्ने बाध्यता रहेको छ ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भित्र पर्ने शे-फोक्सुण्डो गाउँपालिकामा बिकास गर्न भने निकै कठिन छ । नेपाल सरकारको कानुन निकुञ्जको कानुन र स्थानीय सरकारको कानुन मानेर बिकास गर्न बाध्य छन शे-फोक्सुण्डो गाउँपालिका बासिहरु । निकुञ्ज अन्तरगत स्थानीय सरकार र डब्लु डब्लु एफको आर्थिक सहयोगमा द्धन्द्ध ब्यवस्थापन तथा स‌रक्षणक सवालहरुमा समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम पनि हुने गरेका छन । हिउँ चितुवा स‌रक्षणमा स्थानीयको महत्वपुर्ण भुमिका हुने भएको कारण पनि हिउँ चितुवा स‌रक्षण र द्धन्द्ध ब्यवस्थापन सचेतना मुलक कार्यक्रम हुने गरेको छ ।

स‌घियतापछि माथिल्लो डोल्पाका नागरिकले सरकारको अनुभुति भने गरि रहेका छन । बर्षमा बढिमा दुई पटक मात्रै गाविस सम्म पुग्ने स‌घिषता अघिको सरकार हाल घरमै भएपछि भने नागरिक खुसि छन भने बिकासले पनि गति लिई रहेकोछ । नयाँ आर्थिक बर्षको योजना तर्जुमा हुने बेलामा उपाध्यक्षको नेतृत्वमा वडावडामा जनतासँग सेवा प्रबाह र बिकासका बारेमा कुरा भई रहेको छ ।