कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकाल डाेल्पामा

जैतुन अनलाइन | 2023-06-10

 

 डाेल्पा : कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भिम प्रसाद ढकालले डाेल्पाका नागरिक समाज,पत्रकारहरु संग भेटघाट गर्नुभएको छ । यहाँको सुरक्षा अवस्था र नेपाल प्रहरी डाेल्पाकाे समग्र गतिविधि बुझ्न डाेल्पा पुग्नुभएका डीआईजी ढकाललाई नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढा र डाेल्पाका पत्रकारहरुले विभिन्न विषय बस्तुमा रहेर जानकारी तथा सल्लाह सुझाव दिएका थिए ।

डाेल्पाकाे सदरमुकाम दुनै बजारमा पत्रकार भेटघाटमा डीआईजी ढकालले अपर डाेल्पामा खटिने प्रहरीकाे समस्यालाई सम्बाेधन गर्ने,विभिन्न सँस्कृतिक सम्पदा चाेरी निकासी समस्यालाई निगरानी गर्ने, प्रहरी चाैकीहरु,सुरक्षा पाेष्ट चेकजाँच व्यवस्थित गर्ने उहाँले बताउनुभयाे । यात्रु र चालकलाई सुरक्षित सजक गराउने काम भैरहेकाे छ। यहाँको नागरिकले कस्ताे सुरक्षा चाहेका छन् त्याे अनुसन्धान भैसकेकोले नागरिक सुरक्षा अभियान संचालन गरिने डीआईजी ढकालले बताउनुभयो ।

कर्णाली प्रदेशकाे २७७ वटा युनिटमा नागरिक सहजकर्ता स्थापना गरेर सेवा संचालन गरिएको डीआईजी ढकालले जानकारी दिनुभयाे । डीआईजी ढकाल अनुसार, कर्णाली प्रदेशमा सुरक्षित कर्णाली बिशेश अभियान कार्यक्रम सुरुवात भैरहेको छ । १४ कार्यक्षेत्र ७८ क्रियाकलाप भित्र रहेर प्रहरीकाे सुदृढीकरण ,नागरिक मैत्रिक सेवा,प्रारम्भिक सुरक्षा अभियान,अपराध राेकथाम,सबै नागरिक संग समन्वय,प्रत्येक नागरिकको घरमा प्रहरीकाे नम्बर टास्ने, नागरिक सचेतना अभियान,लुम्बिनी प्रदेशमा रहेका संरचना लाई कर्णाली प्रदेशमा ल्याउने लगाएतका कामहरु क्रमशः सबै तहका सरकार संग समन्वय गरेर कार्यनयन गरिने कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकालले बताउनुभयो ।