डोल्पा : जगदुल्ला गाउँपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । मगलबार एक कार्यक्रमका बिच पूर्ण खोप घोषणा गर्दै डोल्पाको जगदुल्ला गाउँपालिका पहिलो पूर्ण खोप घोषणा गर्ने पालिका बनेको छ । स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गएको डोल्पाको जगदुल्ला गाउँपालिकाले नागरिकको स्वास्थ्य क्षेत्रमा सबैभन्दा धेरै जिम्मेवारीता देखाएको छ । पालिका भित्रका बालवालीकाको कुल सख्याको ९० प्रतिशतले सबै प्रकारका खोप लगाएको प्रमाणित भएको अबस्थामा उक्त पालिकालाई पूर्ण खोप पालिका घोषणा गर्ने मिल्ने स्वास्थ्य निति भएकोले जगदुल्ला गाउँपालिकामा भने ९९ दशमलम २५ प्रतिशतले पूर्ण खोप पाएको तथ्य सहित डोल्पाको पहिलो पूर्ण खोप पालिका घोषणा भएको गाउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत केशबराज जैशिले जानकारी दिए ।
जैशीका अनुसार पालिकामा वालवालिकाले सबै प्रकारका खोप लाएको स्वास्थ्य कार्यालय डोल्पा र सामाजिक बिकास कार्यालय कर्णाली प्रदेश सुर्खेतले अनुगमन गरी सबै खाले आधारहरु पूरा गरेकोले घोषणा गरिएको बताए । यसरी गाउँपालिका पूर्ण खोप पालिका घोषणा भएको अबस्थामा पालिकाको ५ नम्बर कार्य सम्पादनमा थप हुने र स्थानीय तहले प्राप्त गर्ने अनुदानमा समेत थप बजेट आउने र बिकासले गति लिने भएकोले जगदुल्लाका जनताकाे हितमा रहेको दाबी गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायाले बताए । अध्यक्ष रोकायाले भने हामीले पूर्ण खोप पालिका घोषण देखाउन वा नामको लागि मात्र नगरेको र आगामी दिनमा स्वास्थ्य क्षेत्रलाइ झनै प्रभाबकारी बनाउनुका साथै नागरिकले स्वास्थमा अनुभुति गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाए ।
केहि महिना अघि मात्रै गाउँपालिका भित्रका सबै नागरिकको निशुल्क स्वास्थ्य बिमा गरिदिएको जगदुल्ला गाउँपालिकाले जिल्लाका ८ वटा स्थानीयतह मध्य सबैभन्दा पहिला पूर्ण खोप पालिका घोषणा गरेको छ । गाउँपालिका भित्रका जनप्रतिनिधि कर्मचारी स्वास्थ्यकर्मि राजनितिक दल सञ्चारकर्मी तथा सरोकारवाला सबै निकायले साथ सहयोग गरेकोले पनि जगदुल्ला गाउँपालिका डोल्पाको पहिलो पूर्ण खोप घोषणा गर्ने पालिका बनेकोमा सबै धन्यबादको पात्र रहेको भन्दै गाउँपालिकाका अध्षक्ष नारासिँह रोकायाले खुसि ब्यक्त गरे । रोकायाले भने हामी जनताकाे सेवा गर्न आएको हौ बिलासिताको जिवन बिताउन हैन त्यसैले जगदुल्ला गाउँपालिकाका जनताकाे स्वास्थ्य शिक्षा तथा अन्य बिकासमा कुनै कसुर बाँकी राखीने छैन ।
गाउँपालिका भित्रका सबै स्वास्थ्य सस्थाहरु बिद्यालयहरुको सहयोग रहेकोले सबैभन्दा धेरै वडा स्तरमा रहेका महिला स्वास्थ्य स्वम सेबिकाहरुको रहेको गाउँपालिकाको ठहर छ । प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा रहेको पूर्ण खोप घोषणा कार्यक्रममा जगदुल्ला गाउँपालिकाबाट अन्य स्थानीयतहले धेरै कुरा सिक्न पर्ने भएकोले अरु स्थानीयतहले पनि खोपमा जोड दिएर खोप बाट बालवालिका बञ्चीतिकरण हुने अबस्था घटाउन पर्ने प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेले बताए । प्रजिअ पोखरेलले भने अब छिट्टै डोल्पाका अरु स्थानीय तहले पनि घोषणा गर्ने अपेक्षा लिएको छु सबै मिलेर डोल्पा पूर्ण खोप जिल्ला घोषण गरुम । जगदुल्ला गाउँपालिका पूर्ण खोप पालिका घोषणा भएपछि नागरिकमा उत्साह भने छाएको छ । नागरिकको स्वास्थ क्षेत्रमा सबैको हातेमालो रहने छ भनेर सरोकारवाला सबैले हस्ताक्षर गरेकाछन ।