सामुदायिक वन क्षेत्रका यार्सा पाटन अझै खुलेनन् ।

जैतुन अनलाइन | 2023-05-29

 

लेख बुढा, जेठ १५

डाेल्पा – हिमाली जिल्ला डाेल्पाका सामुदायिक वन क्षेत्रका यार्सागुम्बा पाटन अझै खुल्ला गरिएकाे छैनन् । बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनकाे लागि सर्वसाधारणहरु विभिन्न सामुदायिक वन क्षेत्रका पाटनमा प्रवेश गरि सकेका छन् । शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज (मध्यवर्ती क्षेत्र ) र विभिन्न सामुदायिक वन समिति अन्तरगत बन्द रहेका यार्सागुम्बा पाटन याे बर्ष जेठ १ गते देखि असार १ गते सम्म एक महिनाकाे लागि फुकुवा गर्ने निर्णय गरिएको थियाे।

निकुञ्ज क्षेत्रका पाटन यहीँ जेठ १ देखि खुला भएता पनि सामुदायिक वन समिति अन्तरगतका पाटन ढिलाे खुलाउदा सर्वसाधारण मर्कामा परेकाे गुनासो आउन थालेकाे छ । यतिबेला सर्वसाधारण सामुदायिक यार्सा पाटनमा पुगिसकेका छन् । सामुदायिक वन समितिहरुले हिउँ धेरै छ यार्सागुम्बा निस्केको छैन जस्ता बहाना बनाइ बन्द गर्दा बाेकेर लिएरकाे खाध्यन्न सामाग सक्किसकेकाे एक यार्सा संकलनकर्ताले बताए।उनले भने धेरै दिन बन्द गरेपछि रासन सामान सकिन्छ अनि सबै घर फर्किन्छन आफुहरु मात्र यार्सागुम्बा टिप्ने मेसाेमेलाे समितिले गरेका छन् ।

सर्वसाधारणले यार्सागुम्बा संकलनकाे लागि मात्र दुई हप्ता बाकीँ छ । सामुदायिक बन अन्तरगत पर्ने रुपपाटन,पाेकेपानी,ग्यालबारा,माटे,चाट्टेबगर,ठागेलेक र काइके भित्रका केही सामुदायिक पाटन अझै नखुलेकाे बताइएकाे छ । यार्सागुम्बा समुद्री सतह ३००० मिटर देखि ६००० मिटर उचाइमा पाईन्छ । डाेल्पाका विभिन्न यार्सागुम्बा पाटन विगतका बर्षमा जेठ १० गते पाटन फुकुवा गरिएको थियाे ।

याे बर्ष हिउँदकाे समयमा कम हिउँ परेकाे हुदा र अलि ढिला पाटन फुकुवा गर्दा अवैध रुपमा चाेरहरु पाटन जाने समस्या भएकाे जेठ १ गते पाटन खुल्ला गर्ने निर्णय गरिएकाे थियोे । यार्सागुम्बा पाटन प्रवेस गरे बापत निकुञ्ज मध्यवर्ती क्षेत्रकालाई रु ५०० जिल्ला भित्रकालाई रु २००० र जिल्ला बाहिरकालाई रु ३००० रुपैया र चाेरीपैठारी बापत थप रु ५०० पाटन प्रवेश शुल्क संकलनकर्ताहरुले तिरेका छन् ।