डोल्पोबुद्धका एक जना कर्मचारी नेपाली सेनाको हेलीकप्टरबाट उद्धार ।

जैतुन अनलाइन | 2023-05-27

डोल्पा १३,जेठ : डोल्पोबुद्ध गाउँपालिकाका एक जना कर्मचारीकाे  हेलीकप्टरबाट उद्धार गरिएकाे छ । डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र “धो” मा रहेका कर्मचारी गम्भीर बिरामी भएपछि उनलाइ शनिबार नेपाली सेनाको हेलीकप्टरबाट उद्धार गरि उपचारको लागि सुर्खेत लगिएको हो ।

सल्यान कुपिण्डेदह नगरपालिका ४ घर भएका बर्ष २७ गोबिन्द कुमार बिक अकस्मात बिरामी भएछि उनलाइ उपचारको लागि हेलीकप्टरबाट उद्धार  गरिएको डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत पुरुषोत्तम देभकोटाले जानकारी दिए । देभकोटाका अनुसार गोबिन्द बि क डोल्पोबुद्ध गाउँपालिकामा लघुउद्यम सहजकर्ता पाँचौ तहमा कार्यरत रहेको र उनकाे  स्वास्थ्यमा गम्भिर समस्या आउदा स्थानीय स्वास्थ्यचौकिमा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलीकप्टरबाट उद्वार गरी थप उपचारको लागि सुर्खेत लगिएको बताए ।

नेपाली सेनाको हेलीकप्टरले बिरामी उद्धारको क्रममा ५ लाख पचास हजार लगेको र पूर्ण रुपमा कति खर्च लाग्ने भन्ने बारे भने नेपाली सेनाले लागत खर्चको बिल पठाएपछि मात्रै थाहा हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम देभकोटाले बताए । उनले भने पैसा भन्दा पनि एक कर्मचारीको अकालमा ज्यान जानबाट बचायौ त्यसैमा खुसि छौ । यो आपतकालीन अबस्थामा नेपाली सेना र पहल कदमी गरिदिने सबैप्रति गाउँपालिका आभारी छौ देभकोटाले भने ।

गम्भीर बिरामी रहेका गोबिन्द बिकले सुर्खेत प्रादेशिक अस्पतालको बेटबाट आफ्नो यो गम्भीर घडिमा साथ दिनै सबैप्रति आभार प्रकट गर्दै आफुले उपचार पाइ रहेको र आफ्नो  स्वास्थ्य अबस्था सुधारउन्मुख रहेको फेसबुक मार्फत जानकारी गराएका छन । बि क भन्छन अब म उपचारमा छु सबैको श्रृणि छु तर कहिले कसैलाइ भुल्नेछैन ।

बदलिदो मौसमका कारण गोबिन्द बिकको स्वास्थ्यमा प्रतिकुलता भएपछि अकस्मात बिरामी परेका थिए । करिब ३ हजार ९ सय मिटरको उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो उपत्यकामा सबै कर्मचारीहरु काममा लागि फिल्डमा खट्टिरहेका छन । उच्च हिमाली स्थानीयतहमा कर्मचारीहरु ज्यानको बाजी राखेरै जाने गरेका छन । उपल्लो डाेल्पाकाे शे फाेक्सुण्डाे गाउँपालिका,डाेल्पाेबुद्व गाउँपालिका र छार्काताङसाेङ गाउँपालिकामा याे समयमा स्थानीय नागरिकलाई कर्मचारीहरु विभिन्न सेवा प्रवाह गरिरहेका छन् तर भौगोलिक बिकटता र कर्मचारीको स्वास्थ्यमा आउने समस्याले जटिलता भने पक्कै रहेको छ ।