डोल्पा : डोल्पोबुद्ध गाउँपालिकाका एक जना कर्मचारी गम्भीर बिरामी भएपछि हेलीकप्टरबाट उद्धार गर्ना लागिएको छ । जाजरकोट घर भएका गोबिन्द बिक अकसमात बिरामी भएछि उनलाइ उपचारको लागि हेलीकप्टरबाट उद्धार गर्न लागिएको हो । डोल्पोबुद्ध गाउँपालिकामा लघुउद्यम सहजकर्ता पाँचौ तहमा कार्यरत गोबिन्दको स्वास्थ्यमा गम्भिर समस्या आउदा स्थानीय स्वास्थ्यचौकिमा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलीकप्टरबाट उद्धार गर्न लागिएको डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम देभकोटाले जानकारी दिए ।
बदलिदो मौसमका कारण गोबिन्द बिकको स्वास्थ्यमा प्रतिकुलता भएपछि उनि अकस्मात बिरामी परेका थिए । करिब ३ हजार ९ सय मिटरको उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो उपत्यकामा सबै कर्मचारीहरु काममा लागि रहेका छन । उच्च हिमाली स्थानीयतहमा कर्मचारीहरुले सहजै सेवा दिन सक्ने अबस्था भने रहेको पाईदैन । बिकको उद्धारको लागि नेपाली सेनाको हेलीकप्टर उडानमा पहल भएको र आजै बिरामीको उद्धार गरिने देभकोटाले बताए । बारमबार मदलिने मौसमका कारण माथिल्लो डोल्पाको धेरै क्षेत्रमा जेष्ठमा पनि हिउँ परि रहेको छ । लाखौँ खर्च गरेर कर्मचारीको हेलीकप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता भने डोल्पामा कहिले दुर हुने देखिदैन ।