जेठ १२,डोल्पा : पछिल्लो केहि दिन देखी डोल्पामा नेपाल प्रहरीले अबैध अफिम नष्टमै समय ब्यतित गरि रहेको छ । बिहिबार पुन डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने “भ” भन्ने ठाउँमा फेरी प्रहरीले अफिम खेती नष्ट गरेको हाे । अवैध रुपमा खेती गरेको अफिमका बोटहरु नेपाल प्रहरीले नष्ट गरेको छ तर अफिम खेती गरेको भन्ने गोप्य सूचना मात्रै भनेर प्रचार गरि रहेको छ ।
सूचना दिने ब्यक्तिको सूचना गोप्य राख्नु कानुनतह सहि होला तर अबैध रुपमा खेती नै गरिएको लागुऔषधमा प्रयोग हुने अफिम भने प्रहरीले फडानी मात्रै गर्नुमा ति खेती गर्नेहरुले सामान्य रुपमा लिएको पाईन्छ । गोप्य सूचना दिएकाे सूचनाकाे आधारमा प्रहरी टोली पुगेर अफिमका बोटहरु फडानी गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरिक्षक शिव कुमार बुढाथोकीले जानकारी दिए ।
पछिल्लो एक महिनाको समयमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा ५ काे बिभिन्न क्षेत्रमा खेती नै गरेको अफिम प्रहरीले तिनपटक फडानी गरी सकेको छ तर कुनैपनि बेलामा खेती गर्नेको प्रमाण भने सङ्कलन गर्न सकेको छैन । यता प्रहरी प्रमुख डिएसपी भन्छन अवैध अफिम खेती गरेको सूचना आएतापनि कस्ले संचालन गरेको हो भन्ने कसैले खुलाउदैन अनुसन्धान जारी राखेका छौ । डोल्पाको त्रिपुरासुन्दरी र मुड्केचुलामा अन्य ठाउँको तुलनामा धेरै अफिम खेती हुने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।