डोल्पा : एक बर्ष पहिला बनि सक्नुपर्ने पुल ठेकेदारले अलपत्र पारेपछि पुन निर्माणा कार्य थालिएको छ । जाजरकोट डोल्पा सड्क खण्ड अन्तरगत डोल्पा सदरमुकाम जोड्ने रुपगाड खोलामाथिको बेलिबृज पुल ठेकेदारले निर्माण कार्य थालिएको हो । अलपत्र परेको हो । डोल्पा सदरमुकाम दुनैबाट ३ किलोमिटर नजिकै रहेको रुपगाड खोलाको बेलिबृज पुल बर्षदिन बिति सक्दा समेत निमार्ण गर्न नसकेको पुल बिहिबारबाट निर्माण थालिएको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले जानकारी दिए । प्रजिअ पोखरेलका अनुसार काम छिटै हुने र स्थानीयसँगको समस्या पनि समाधान भएको र थप ब्यवस्थापन गर्दै पुल निर्माण बर्षाको समय अगावै गर्नेमा समन्वय भई रहेको बताए । हाल पुलका डेकतिर सम्याउने काम थालिएको छ ।
सड्क डिभिजन कार्यालय चौरजहारीबाट निर्माणको हुने चार वटा पुल मध्य अन्य तिन पुल बनेपनि रुपगाड खोलाको पुुल भने अलपत्र परेको थियो । सड्क डिभिजन कार्यालय चौरजहारीबाट ईको इन्फ्रा बिल्डरस प्रा.लि.ललितपुरले जिम्मा पाएपछि चारवटा पुल मध्य तिनवटा निर्माण भइृ सकेको र रुपगाड खोलाको पुलपनि अब निर्माण हुनेमा बिश्वस्त हुन सड्क डिभिजन कार्यालय चौरजहारीका प्रमुख सुजन अधिकारीले फोनमा बताए ।
ईको इन्फ्रा बिल्डरस प्रा.लि.ललितपुरल आर्थिक बर्ष २०७७ साल पुस ५ गते २ करोड ३१ लख रुपैया भ्याट सहितको रकम सम्झौता गरी २०७८ असोज ४ गते सम्म निर्माण गर्ने सम्झौता कार्यालयसँग गरेको थियो । निर्माण प्रालिले उक्त समयमा काम नसकेपछि २०७८ चैत्र ३० सम्म निर्माणका लागि म्याद थप भएपनि काम भने सम्मपन्न भएन । करोपगाड देखी पुल जडानमा एक्जाभेटरको जिम्मा पाएका लक बहादुर रोकायाले भने अब बिहिबारबाट निर्माणको काम थालिएको छ सके सम्म सामान छिट्टै ल्याएर काम सम्पन्न गरिनेछ ।
सड्क डिभिजन कर्यालय चौरजहारीले थपेको मिति भित्र ईको इन्फ्रा बिल्डरले ४ वटा बेलिबृज मध्य करोपगाड,खदाङ र त्रिपुराकोट भेरी नदिमाथिको पुल तोकेको समय भन्दा एक बर्ष ढिला गरि निर्माण गरेपनि रुपगाडा खोलामाथिको करिब ३४ मिटर लामो पुल अलपत्र छोडेर कुल रकमको ६६ प्रतिशत १ करोड ५३ लाख भुक्तानी लगि सकेको सडक डिभिजन कार्यालय चौरजहारीले जानकारी दिएको छ ।
ईकोबाट रेट्रोटेकले एक करोड २० लाखमा त्रिपुराकोट भेरी माथिको पुल र रुपगाड खोलाको पुल निर्माणको लागि सम्झौता गरेको थियो । रेट्रोटेकले पनि काम गरेको पैसा नपाएको भन्दै काम रोकेपछि पुल अलपत्र परेको थियो । अब भने यो पुल निर्माण हुनेमा स्थानीयहरु आसाबादि रहेका छन । यो पुल बने बर्खाको समयमा सहज हुनेछ । यो सड्क भारत र चिनको तिब्बत जोड्ने नेपालको सबैभन्दा छोटो सडक भएपनि सड्क बिस्तार र पुल निर्माणमा सरकारको प्राथमिकतामा परेको भने छैन ।