अनाथ बालबालिकालाई निशुल्क स्वास्थ्य बिमा

जैतुन अनलाइन | 2023-05-23

लेख बुढा,

डाेल्पा : माया सदन (आश्रम)डाेल्पामा रहेकाे अनाथ असाय बालबालिकालाई निशुल्क स्वास्थ्य बिमा गरिएकाे छ ।  स्वास्थ्य विमा बाेर्डकाे सहकार्यमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकाे विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम तर्फ आश्रम स्थलमा रहेका नागरिकका लागि शतप्रतिशत निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम अन्तरगत  माया सदन डाेल्पामा रहेका १९ जना बालबालिका र ४ जना स्टाफ गरि जम्मा २३ जना  काे निशुल्क स्वास्थ्य बिमा गरिएको स्वास्थ्य बिमा बाेर्ड डाेल्पाका संयाेजक राजन कुमार डाँगीले जानकारी दिनुभयो । ७० बर्ष भन्दा माथिका बृद्वबृद्वा र क बर्गका अपांगता भएका ब्यक्तिहरुलाइ निशुल्क स्वास्थ्य बिमा हुने भएकाे हुदा प्रत्येक पालिकामा रहेका स्वस्थ्य बिमा तथ्यांक संकलकहरु संग सम्पर्क गर्न संयाेजक डाँगीले आग्रह गर्नुभएको छ । यस्तै ख बर्गका अपांगता भएका ब्यक्तिलाइ पनि ५० प्रतिशत छुटमा स्वास्थ्य बिमा भैरहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य बिमा गरेका बालबालिकाहरुले स्वास्थ्य बिमा बाेर्ड संग आबद्ध भएका नेपाल सरकारका जुनसुकै अस्पतालमा एक लाख रुपैयाँ सम्मकाे निशुल्क उपचार गर्न सक्नेछन् ।

२०५८ सालमा स्थापना भएकाे माया सदन केन्द्रीय कार्यालय जुम्लामा रहेकाे छ । विगत एक बर्ष देखि माया सदनकाे उपशाखा डाेल्पामा स्थापना गरि हाल काईके गाउँपालिका, ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका अनाथ असाय छात्र १२ र छात्रा ७ गरि जम्मा १९ जना बालबालिकालाई आवास संगै पठनपाठनकाे व्यवस्था गरिरहेको माया सदन डाेल्पा शाखा ईन्चार्ज धर्मराज बुढाले बताउनु भयाे । बाबा,आमा नभएका,बाबाकाे निधन भई आमा अर्कै संग बिबाह गरि बालबालिका एक्लै भएकालाई माया सदनले निशुल्क पालन पाेषण गरि पठनपाठनकाे ब्यबस्था गरेकाे माया सदन डाेल्पाका इन्चार्ज बुढाले बताउनुभयो । हाल भाडामा रहेकाे भवनमा बालबालिका बसिरहेका छन । माया सदनकाे आफ्नै भवन निर्माण हुदैछ केही समय पछि सबै त्यतै बस्ने उहाँले बताउनु भयाे ।

हाल माया सदन डाेल्पाका बालबालिका बालमन्दिर आधारभुत बिधालय दुनैमा अध्ययन गर्दै आइरहेका छन्। सम्बन्धित निकायबाट अनाथ असाय बालबालिका हाे भनेर सिफारिस गरेपछि मात्र सदनमा राख्ने गरेकाे माया सदन डाेल्पाले जनाएको छ । बालबालिकालाई आवास, खानपीन,पठनपाठनकाे व्यवस्थापन  माया सदनले  निशुल्क गर्दै आएकाे छ । स्वस्थ्य बिमा गरेका ब्यक्तिहरुले एक बर्ष भित्र स्वस्थ्य बिमा बाेर्डमा आबद्व विभिन्न सरकारी अस्पतालबाट एक लाख रुपैया बराबरकाे औषधी उपचार निशुल्क गर्न पाउने छन् ।