जेठ ३ डोल्पा : डोल्पामा पछिल्लो समय अबैध मानिने अफिम बारमबार प्रहरीले नष्ट गरि रहेको छ । स्थानीयले खेती गरेको सूचनाका आधारमा प्रहरीले भेरी पनि त्रिपुरा सुन्दरी ५ मा अफिम नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यलय डोल्पा बाट प्रहरी निरीक्षक नवीन चापागाईको कमाण्डमा खटिएको २७ जनाको टोलिले मंगलबार त्रिपुरासुन्दरी नगरपालिका ५ को भु गाउँ भन्ने ठाउँमा १२ रोपनीमा अबैध अफिम फडानी गरेको छ ।
त्रिपुरा सुन्दरी नगरपालिका ५ मा पर्ने क्षेत्रमा मात्रै प्रहरीले दुई पटक अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीले जानकारी दिए ।डिएसपी बुढाथोकीका अनुसार यस भन्दा पहिला बैशाख २६ गते प्रहरी निरीक्षक चापागाईको २२ जनाको कमाण्डले नै ल्हाँ गाउको एकान्त भन्ने ठाँउमा १० रोपनी अफिम फरानी गरि नष्ट थियो।दुबै पटक नष्ट गरेको अफिम को कस्ले लगाएको हो भन्नेबारे भने प्रहरीले खुलाएको छैन अनुसन्धान भई रहेको जनाएको छ ।
डोल्पामा लागुऔषधका रुपमा रहेको अफिम खेती बढ्न थालेपछि प्रहरीले खोजी कार्यलाई तिब्र बनाएपनि कस्ले खेती गर्छ भन्ने बारे भने भनेको छैन । हरेक कुराको सहजता भएसँगै डोल्पामा लागु औषधका क्रियाकलाप समेत बढ्ने खतरा भने बढि रहेको छ ।