लेख बुढा : जेष्ठ १,डोल्पा
डाेल्पा – जिल्ला प्रशासन कार्यालय डाेल्पामा प्रशासन,सडक विभागका प्रतिनिधि,विभिन्न यातायात व्यवसायीहरु विच छलफल पछि नयाँ भाडादर निर्धारण गरिएको छ। जिल्ला यातायात व्यवस्था समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेख्रेलकाे अध्यक्षतामा विभिन्न सराेकारवाला निकाय विच छलफलपछि ठुलाे गाडी प्रतिकिलोमिटर २७ रुपैयाँ र साना गाडी प्रतिकिलाेमिटर २४ रुपैयाँ भाडादर कायम गरिएको छ ।
डाेल्पाकाे सदरमुकाम दुनै बजार देखि तल्लुबगर सम्म ठुला गाडी प्रतिव्यक्ति रु १५०० (पन्ध्र सय) र साना गाडी प्रतिव्यक्ति रु १७००(सत्र सय) रुपैया कायम गरिएकाे छ । यस्तै डाेल्पाकाे दुनै बजार देखि बाँकेको नेपालगन्ज सम्म साना गाडी प्रतिव्यक्ति रु ३५००। (पैतिस सय) र ठुला गाडी रु ३२००। ( बत्तीस सय) रुपैयाँ भाडादर कायम गरिएकाे छ ।
सदरमुकाम दुनै, जुफाल,त्रिपुराकाेट,खदाङ,त्रिवेणी,जगदुल्ला लगाएका जिल्ला भित्रका विभिन्न गाउँ बस्तीहरुमा प्रत्येक स्थानीय तहले सडक सर्वे गरेपछि साेही दुरीका आधारमा प्रतिकिलोमिटर साना गाडीले २७ रुपैयाँ र ठुला गाडीले २४ रुपैयाँ भाडा लिने सहमतिका साथ निर्णय गरिएको छ ।
डाेल्पा राष्ट्रिय सडक सञ्जालमा जाेडिएपनि अधिकांस ठाउँमा सडक मर्मतसम्भार गर्नुपर्ने आबश्यक रहेकाले तत्काल स्तरउन्नति गर्न व्यवसायीहरुले माग गरेका छन् । सडक राम्राे भयाे भने यातायात व्यवसायी विच प्रतिस्पर्धा हुने अनि आफै भाडादर कम हुने उनिहरुकाे भनाइ थियाे ।
डाेल्पाकाे सदरमुकाम दुनै बजारमा अस्थायी रुडप्रमिड लिएर केही देिन पहिले देखि ठुला गाडी नेपालगन्ज देखि दुनै आउन थालेका छन् । हाल सम्म ७ वटा ठुला गाडीले सडक डिभिजन कार्यालयबाट अस्थायी रुडप्रमिड लिएका अन्यले प्रक्रिया चालेका सडक डिभिजन कार्यालय चाैरजहारीले जनाएको छ ।