“भ्रष्टचार संरक्षण बिरुद्ध” एकिकृत समाजवादी डोल्पाद्धारा बिरोध प्रदर्शन ।

जैतुन अनलाइन | २८ बैशाख २०८०, बिहीबार

दुनै : एकिकृत समाजबादी डोल्पाले “भ्रष्टचार संरक्षण बिरुद्ध” बिरोध प्रदर्शन गरेको छ । बिहिबार डोल्पा सदरमुकाम दुनैमा “भ्रष्टचार संरक्षण बिरुद्ध” भ्रष्टचार बन्द गर भ्रष्टाचरीलाइ कारवाही गर भन्दै बिरोध प्रदर्शन गरेको हो । हाल देशमा ब्याप्त रुपमा उठि रहेको भ्रष्टारको बिषयलाइ ठुला दलले सामसुम पार्न खोजेको र भ्रष्टचारिहरु उम्काउन खोजेको भन्दै दोषी ठहर भए जाे कोहि पनि कारवाहीको भागिदार हुन पर्ने एकिकृत समाजबादीको धारणा रहेको नेकपा (एस)का जिल्ला कमिटी उप सचिब तथा प्रचार प्रसार बिभाग प्रमुख गोबिन्द बुढाले जानकारी  दिए ।

नक्कली भुटानी शरनार्थी बनाएर नागरिक बेच्ने काम गरेको र पदमा बसेर शक्तिको द्रुपयोग गरेकोले दोषिलाइ हदै सम्मको कानुनी सजाय हुनुपर्ने नेकपा एकिकृत समाजबादी डोल्पाका सह ईन्चार्ज हरिप्रसाद डाँगीले माग गरे । डाँगीले भने पैसाको खेलमा नेपाली नागरिक बेच्न र देश नै बर्बाद हुने खेल गर्न कुनै पनि दलका नेतालाइ छुट नभएकोले एकिकृत समाजबादीले खबरदारी गरेको बताए । आफै सरकारमा रहेको नेकपा एकिकृत समाजबादीले ७७ वटै जिल्लामा “भ्रष्टचार संरक्षण बिरुद्ध” बिरोध प्रदर्शन गरेको छ भने डोल्पामा पनि नेता तथा कार्यकर्ताले “भ्रष्टचार संरक्षण बिरुद्ध” बिरोध प्रदर्शन गरेका हुन ।