डोल्पा : पछिल्लो समय अबैध मानिने अफिमको स्थानीयले खेती गरेको पाइएको छ । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका ५ को लाँहामा एकान्त ठाउँमा अफिम खेती गरेको प्रहरीले नष््ट गरेको छ । करिब १० रोपनी जमिनमा लगाइएको अफिम प्रहरीले नष्ट गरेको हो ।
त्याहाँका स्थानीयले खेती गरेको भन्ने गोप्य सूचनाको आधारमा २९ जना प्रहरीले करिब १० हेक्टर जमिनमा लगाइएको अबैध अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक ध्रुब बुढाथोकीले जानकारी दिए । डिएसपी बुढाथोकीका अनुसार कस्ले लगाएको भन्ने बारे अनुसन्धान भइ रहेको तर ठुलो परिमानमा लगाएको अफिम भने पुरै नष््ट गरेको बताए । डोल्पाका तल्लो भेगकका स्थानीयले लुकाइ छिपाइ अफिम खेती गर्ने गरेको प्रहरीको दावी रहेको छ ।