त्रिपुरासुन्दरीका तत्कालीन नगरप्रमुख स्वर्गीय ओम ब.बुढाकाे सालिक अनावरण

जैतुन अनलाइन | 2023-05-09

 

डाेल्पा – डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोट बगरमामा प्रथम नगरप्रमुख स्वर्गीय ओमबहादुर बुढाको सालिक अनावरण गरिएको छ । ओम स्मृति प्रतिष्ठानको एक विशेष कार्यक्रमकाे आयाेजना गरि साथ सालिक अनावरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाया, त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकाया र प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले संयुक्त रूपमा सालिक अनावरण गर्नुभयो ।

सालिक अनावरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायाले स्वर्गीय नगरप्रमुख बुढा विकास प्रेमी इमानदार र जनताको सुःख र दुःखमा सदैव लागि पर्ने त्यागी नगर प्रमुख भएको बताउनुभयो । सङ्घीयता लागुसँगै प्रथम नगरप्रमुख बन्नुभएका स्वर्गीय ओम बहादुर बुढाले नगरको शिक्षा स्वास्थ्य विद्युत, कृषि र सडक निर्माणमा खेलेको भूमिका महत्त्वपूर्ण भएकाले वर्तमान जनप्रतिनिधिले पनि उहाँका राम्रा कार्यको अनुसरण गर्दै जानु आवश्यक रहेको उल्लेख गर्नुभयो । स्वर्गीय नगरप्रमुख ओम बहादुर बुढा सबैको साझा व्यक्तिको रूपमा आफूलाई समाजमा उभ्याउन सकेको आफूले थाहा पाएको बताउनुभयो प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेखरेलले बताउनु भयाे ।

राम्राे काम गर्नेलाई समाजले सधैं सम्झिने र मुल्यांकन गर्ने प्रजिअ पाेखरेलले बताउनु भयाे। स्वर्गीय नगर प्रमुख बुढाकाे सालिक अनावरणमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न क्षेत्रका व्यक्तिहरुकाे सहभागीता रहेकाे थियाे। ओम स्मृति प्रतिष्ठानकाे भवन निर्माण गर्न र स्वर्गीय बुढाकाे सालिक निर्माण गर्न सहयाेग गर्ने स्थानीय सरकार त्रिपुरासुन्दरी नगरपालिका,कर्णाली प्रदेश सरकारका पुर्व मुख्य मन्त्री जीवन बहादुर शाही,पुर्व मन्त्री नन्दसिँह बुढा,पुर्व मन्त्री वीर बहादुर शाही, प्रतिनिधि सभा सदस्य धन बहादुर बुढा लगाएत विभिन्न ठाउँ सहयाेग गर्ने व्यक्ति तथा संस्थालाई ओम स्मृति प्रतिष्ठानका अध्यक्ष बद्मा क्वारी बाेहाेरा बुढा(पदमा)ले धन्यवाद ब्यक्त गर्नु भएकाे थियाे ।

आगामी दिनमा प्रतिष्ठानले व्यक्तिगत स्वार्थ भन्दा पनि सामाजिक कार्यमा ध्यानकेन्द्री गर्ने र यस प्रतिष्ठानमा भाेलिका दिनमा जाेसुकै व्यक्ति पनि अध्यक्ष भएर चलाउन सक्ने प्रतिष्ठानका अध्यक्षकाे भनाइ छ । प्रतिष्ठानमा आबद्व हुन उहाले सबैलाई आग्रह गर्नुभयाे । उक्त कार्यक्रमकाे अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएकाे थियाे । प्रथम नगरप्रमुख स्वर्गीय ओम बहादुर बुढा २०७८ सालमा कोरोनाबाट निधन हुनु भएको थियो । बुढा पुर्व जिबिस सभापति समेत हुनुहुन्थ्यो ।