पेसागत महासंघ नेपाल डाेल्पाद्वारा मजदुरहरु संग अन्तरक्रिया सहित सामाग्री वितरण गरि मनायो ।

जैतुन अनलाइन | 2023-05-01

 लेख बुढा, बैशाख १८

डाेल्पा : आज मे दिवस अर्थात बिश्व मजदुर दिवसकाे अवसरमा पेसागत महासंघ जिल्ला कार्यसमिति डाेल्पाकाे आयाेजनामा सदरमुकाम दुनै बजारमा कार्यरत मजदुरहरु संग अन्तरक्रिया तथा विभिन्न सामाग्री वितरण गरिएकाे छ । सहभागी मजदुर संग आगामी बजेट र पेसागत सवाल बारे छलफल अन्तरक्रिया गरिएकाे छ । एकीकृत समाजवादी पार्टी निकट भातृसंगठन पेसागत महासंघ डाेल्पाले जिल्ला भित्रका र विभिन्न जिल्लाबाट दैनिक ज्याला मजदुरी गर्न सदरमुकाम दुनै पुगेका मजदुरलाई चियापान कार्यक्रमकाे आयाेजना गरेर सम्मान गरेकाे हाे ।

पेसागत महासंघ डाेल्पाका अध्यक्ष राजन कुमार डाँगीकाे अध्यक्षतामा संचालित उक्त कार्यक्रममा सहभागी विभिन्न ठाउँमा कार्यरत २५ जना श्रमिक मजदुरलाई सिमेन्टको काम गर्दा आबश्यक पर्ने गाेलब्स,मास्क,जुस वितरण गरि राइका लगाएर सम्मान गरिएकाे छ । रातदिन नभनी काम गरि रहेका मजदुरलाई बाेलाएर बिश्व मजदुर दिवसकाे अवसर आवश्यक सामाग्री र सम्मान गरेकाे भन्दै मजदुर शाेनाम लामाले बताए । लामाले भने” हामीलाई याे सम्मानले बर्षभरीकाे थकान बिर्सिएकाे महसुस भएकाे छ ।

डाेल्पामा कार्यरत मजदुरहरुले पछिल्लो समयमा बजारमा बढेको महंगीलाई मध्यनजर गरेर आफ्नाे ज्याला पनि बढाउनु पर्ने माग गरेका छन । डाेल्पामा विभिन्न ठाउँहरुबाट हजारौं संख्यामा मजदुर पुगेको अनुमान गर्न सकिन्छ । तर हाल सम्म कति डाेल्पामा यति मजदुर छन भनेर यकिन गर्न नसकिने अवस्था रहेकाे सराेकारवालाकाे भनाइ छ । पेसागत हकहितका लागि जुनसुकै ठाउँमा कार्यरत मजदुरहरु एकजुट हुनुपर्ने एकीकृत सरकारी कर्मचारी संगठन कर्णाली प्रदेश कमिटी सहसचिव पदम बहादुर महतले बताए ।

सहसचिव महतले सम्पूर्ण मजदुरहरुलाई मजदुर दिवसकाे अवसर शुभकामना दिदै दिवसमा मात्र नभएर जुनसुकै समय अवस्थामा सबै मजदुर एक हुनुपर्ने बताए । पेसागत महासंघ डाेल्पाका अध्यक्ष राजन कुमार डाँगीकाे अध्यक्षतामा संचालित मे दिवस आगामी बजेट र पेसागत सवाल अन्तरक्रिया कार्यक्रममा नेकपा एस डाेल्पाका संगठानिक माेर्चा इन्चार्ज दल बहादुर थापा,एकीकृत सरकारी कर्मचारी संगठन कर्णाली प्रदेश कमिटी सहसचिव पदम बहादुर महत, एकीकृत सरकारी कर्मचारी संगठन डाेल्पाका अध्यक्ष कमल बहादुर राेकाया, नेकपा एस डाेल्पा पार्टी प्रतिनिधि अन्जु महतारा लगाएत विभिन्न ठाउँमा कार्यरत श्रमिकहरुकाे सहभागीता रहेकाे थियाे ।