माथिल्लो डोल्पाका च्याङ्ग्राको भुवा आधुनिक बिधिबाट संकलन गरिने ।

जैतुन अनलाइन | 2023-04-30

डोल्पा : च्याङ्ग्रा भुवा संकलनको आधुनिक बिधि बारे सरोकार वालाहरु संग बृहत छ्लफल भएको छ ।  युरोपियन युनियनको सहायोगमा संचालीत ई यु नेपाल ब्यापार तथा लगानी कार्यक्रमको सहयोग र नेपाल पश्बिना उद्द्योग संघको ब्यबस्थापनमा आईतवार दुनैमा छलफल भएको हो ।  च्याङ्ग्राको भुवा आधुनिक बिधिबाट निकाल्ने पश्बिना कोर्ने,प्रशोधन गर्ने,आपूर्ति तथा गुणस्तर अभिबृद्दी गर्ने बिसयमा सदरमुकाममा छलफल भएको हो । डोल्पाका ३ वटा स्थानिय तह छार्का ताङ्सोङ्ग ,डोल्पो बुद्ध र शे फोक्सुन्डो गाउपालिकामा जनप्रतिनिधि,व्यापारी,उद्दोग ब्यापारी, पश्बिना उद्दोगी,च्याङ्ग्रा पालक किसानहरुको सहभागितामा पहिलो चरणमा दुनैमा छलफल भएको छ । यो कार्यक्रममा डोल्पाका माथिल्लो क्षेत्रमा रहेका तिन स्थानीयतह छनौटमा परेका हुन । गाउँपालिकाका प्रमुखहरुलाइ सामान्य जानकारी र छलफल पहिले नै भएको र स्थानीयतहमा रकेका कृषकलाइ भने गोठमा नै गएर तालिम दिइनेछ ।

कार्यक्रममा च्याङ्ग्रा पालन ब्याबशयाय बाट गुणस्तर वृद्धि गरि बजार सुनिश्चितताको खाचो औल्याएका थिए ।  सोही अबसररमा पश्बिना ब्यबशायिले किसान बाट उत्पादित भुवालाई आफुहरुले बजारको सुनिश्चितता दिने प्रतिबद्द्ता समेत गरेका छन ।  गाउपालिकाका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा च्याङ्ग्रा उत्पादन र गुणस्तर सुधारका लागि आबश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको डोल्पो बुद्ध गाउपालिका अध्यक्ष कार्मा छोईबेल गुरुङले बताए ।  कार्यक्रममा ई यु नेपाल ब्यापार तथा लगानी कार्यक्रम द्वारा तालिम प्रदान गरि उत्पादन गरिएका प्रशिक्षक द्वारा च्याङ्ग्राको भुवालाइ काईयोले कोर्ने आधुनिक बिधि बारे सामन्य जानकारी गराईएको छ भने थप तालिम स्थानीयतहमा गएर च्याङ्ग्रा पालक कृषकलाई दिइने छ ।

सदरमुकाम दुनैमा भएको  कार्यक्रममा डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने स्थानीय तह शे फोक्सुन्डो ,छार्का ताङ्ग्सोङ्ग र डोल्पो बुद्ध गाउपालिका विभिन्न स्थानमा च्याङ्ग्रा पालक कृषकलाई लक्षित गरि भुवाको बैज्ञानिक संकलन विधि बारे प्रशिक्षक प्रशिक्षण तालिम TOT कार्यक्रम समेत आयोजना गरिने भएको छ । तालिमसङ्गै आधुनिक तरिकाले भुवा संकलनका लागि आबश्यक सामग्रीहरु हस्तानत्रण गरिने भएको युरोपियन युनियन नेपाल ब्यापार तथा लगानी कार्यक्रममा परामर्श दाता सिचन श्रेष्ठले बताए । यो तालिम पछि डोल्पाबाट पनि आधुनिक प्रबिधिबाट निकालिएको पश्मिना निर्यात हुने सँभाबना प्रबल रहेको छ भने यस बाट कृषकले मनग्य आर्थिक आम्दानि लिन सक्ने छन ।