लेख बुढा, बैशाख १६
डाेल्पा – डाेल्पामा यार्सागुम्बा संकलन तथा संरक्षण सम्बन्धि विभिन्न सराेकारवाला निकायकाे बैठक सम्पन्न भएकाे छ। जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्यामबहादुर राेकायाकाे अध्यक्षतामा बसेकाे सराेकारवाला निकायकाे बैठकले डाेल्पा जिल्लामा रहेका झण्डै दुई दर्जन भन्दा बढि यार्सागुम्बा पाटन सर्वसाधारणहरुकाे लागि खुल्ला गरिने भएकाे छ । शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज र विभिन्न सामुदायिक वन समिति अन्तरगत बन्द रहेका यार्सागुम्बा पाटन याे बर्ष जेठ १ गते देखि असार १ गते सम्म एक महिनाकाे लागि फुकुवा गर्ने निर्णय गरिएको हाे ।
बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन गर्न डाेल्पा जिल्लाका विभिन्न स्थानीय र छिमेकी जिल्लाबाट सर्वसाधारण पाटनमा पुग्ने गर्दछन् । यार्सागुम्बा एक बहुमुल्य जडिबुटी हाे । याे समुद्री सतह ३००० मिटर देखि ६००० मिटर उचाइमा पाईन्छ । डाेल्पाका विभिन्न यार्सागुम्बा पाटन विगतका बर्षमा जेठ १० गते पाटन फुकुवा गरिएको थियाे । याे बर्ष हिउँदकाे समयमा कम हिउँ परेकाे हुदा र अलि ढिला पाटन फुकुवा गर्दा अवैध रुपमा चाेरहरु पाटन जाने समस्या भएकाे जेठ १ गते पाटन खुल्ला गर्ने निर्णय गरिएकाे हाे । यार्सागुम्बा पाटन प्रवेस गरे बापत निकुञ्ज मध्यवर्ती क्षेत्रकालाई रु ५०० जिल्ला भित्रकालाई रु २००० र जिल्ला बाहिरकालाई रु ३००० रुपैया पाटन प्रवेश