दुनै : ठुलीभेरी नगरपालिकाले डोल्पा सदरमुकाम दुनै क्षेत्र र जुफाल बजारको फोहोर ब्यवस्थापनमा सक्रियता बढाइ रहेको छ । बैशाख २ गते देखी दुनै बजार र भेरी नदिको फोहोर उठाउने अभियान थालेसँगै फोहोर ब्यपस्थापनमा चासो बढाई राखेको छ । बुधबार जुफाल बजारमा फोहोर सँकलनका लागि डस्बिन राखेको ठुलीभेरी नगरपालिकाले बिहिबार दुनै बजारमा २० ठाउँमा डस्बिन राखेर बजारबाट निस्कने फोहोर सँकलन गर्न थालेको हो । सुस्वा कार्यक्रमको आर्थिक सहयोगमा फलामका ब्यवस्थित डस्टबिनहरु दुनै बजार र जुफाल बजारका बिभिन्न स्थानमा र सरकारी कार्यालय नजिक राखिएको ठुलीभेरी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारीले जानकारी दिए।
सुस्वा कार्यक्रमको आर्थिक सहयोगमा ठुलीभेरी नगरपालिकाले राखेको डस्टविन
पहिलो पटक बजारका २० क्षेत्रमा राखिएको र भोली आवाश्यक्ता अनुसार थप गर्ने र डस्टविनको आकार ठुलो पनि बनाउने ठुलीभेरि नगरपालिकाका नगर प्रमुख श्ववर्ण कुमार बुढाले बताए । नगरप्रमुख बुढाका अनुसार बर्षौदेखी लागेको नागरिकको बानिमा परिवर्तन गर्न समय लाग्ने भएकोले अहिले अभियानको रुपमा लगिएको र यो समयमा नागरिकलाइ सहज हुने गरी काम गर्ने तर पछि भने लापरवाही हुदै गएमा र नगरपालिकाको सूचनालाइ ब्यवास्ता गरेर गएको खण्डमा कडा अनि कानुन बमोजिम कारवाही गर्ने जानकारी दिए । हामी अहिले सम्यमि भएर गएका छौ सधै यसरी हुने हैन निर्मम पनि हुनेछौ तर त्यो दिन नागरिकबाट हुने छैन नगरपालिकालाइ साथ दिनु हुनेछ भन्ने बिश्वास रहेको नगरप्रमुख बुढाले दावी गरे ।
ठुलीभेरी नगरपालिकाले दुनै र जुफाल बजारको फोहोर उठाउन किनेको ट्रयाक्टर
हाल हप्तामा दुइ देखी तिन दिन सम्म ट्रयाक्टरबाट दुनै बजारको फोहोर उठाउदै आएको छ नगरपालिकाले । बिहिबार ३ नम्बर वडा कार्यालले दुनै बजारमा भेरिमा ढल तथा सौचालयका सेफ्टीट्यङ्कीहरु हटाउन र बन्द गर्न माइङ्कि गरेको थियो । हाल सूसुचित गरिएको र नगरपालिकाको सूचनलालाइ ब्यवास्ता गरे कानुनी प्रकृयामा जाने र डोजर लायर भएपनि ढल र सेफ्टीट्यङ्की भत्काउने नगरपालिकाले जानकारी दिएको छ । बैशाख २ गते भेरीको फोहोर उठाउने अभियानको थालनी नगरपालिकाले गरेपनि त्यस पश्चात भने भेरिको फोहोर उठ्न सकेको छैन तर बजारको फोहोर भने सातमा समय मिलाएर ब्यवस्थापन गरि रहेको छ नगरपालिकाले । दुनै बजारको फोहोर ब्यवस्थापनमा भने नागरिकले साथ दिन जरुरी रहेको छ । रातिराति भेरीमा फोहोर फाल्नेहरुको भने कमि हुन सकेको छैन । दुनै बजारको फोहोर ब्यवस्थापन भन्दा पनि भेरीमा भएको फोहोर ब्यवस्थापनमा गम्भीर भएर नगरपालिका लाग्न जरुरी छ । वडा कार्यालयको जिम्मेवारी धेरै रहेकोले वडाले कैयन फोहोरबाट आम्दानि समेत गर्न सक्ने सम्भाबना भने छ ।