जगदुल्ला पाटनमा यार्सा चोरी गर्न गएका १९ जना पक्राउ ।

जैतुन अनलाइन | 2023-04-27

लेख बुढा,

बैशाख १४ दुनै :   डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला पाटनबाट अवैध रुपमा यार्सागुम्वा संकलन गर्न पुगेका १९ जना पक्राउ परेका छन । डोल्पाका विभिन्न पाटनहरुमा बैशाख महिना देखि असार महिना सम्म बहुमुल्य जडिबुटी यार्सागुम्बा पाईने गर्दछ । पाटन फुकुवा नहुदै अवैध रुपमा जगदुल्ला यार्सा पाटनमा पुगेका १९ जनालाई शे फोक्सुण्डो राष्ट्यि निकुन्जको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोल्पा जगदुल्ला गाउँपालिका ६ वस्ने विर्सना रोकाया,टिका रोकाया,राजु रोकाया,शिवलाल रोकाया, सुरेश रोकाया, पुजा रोकाया, राज रोकाया, सन्दिप रोकाया, नरेश रोकाया, लक्ष्मण रोकाया, विरेश रोकाया, लालकुमारी ऐडी,कर्णतारा रोकाया यस्तै जगदुल्ला गा.पा वडा नं. ४  वस्ने माया बोहोरा, सासना बोहोरा पक्राउ परेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तोईजम पोष्टले जानकारी दिएको छ ।

त्यसैगरी जिल्ला जुम्ला गोठिचौर गा.पा वडा न.ं २ बस्ने बम बोहोरा, विजया वस्नेत, प्रेम वस्नेत, प्रविन वस्नेत पक्राउ परेको शे फोक्सुण्डो राष्ट्यि निुकन्ज डोल्पाले जनाएको छ । पक्राउ परेका मध्य १६ जना २० बर्ष मुनिका रहेका बालबालिका रहेका छन । शे फोक्सुण्डो राष्ट्यि निकुन्ज अन्तरगतका यार्सा पाटन र सामुदायिक तथा निजि वन समितिका गरि झण्डै दुई दर्जन भन्दा बढि यार्सा पाटन डोल्पामा रहेका छन । यार्सागुम्वा प्रति पिस एक हजार दुई सय जति मुल्य जाने भएको हुदा यसलाई बहुमुल्य जडिबुटिको रुपमा लिने गरिन्छ । हरेक बर्ष जेष्ठ महिनामा खुल्ला गरिने यार्सा पाटन यस बर्ष कहिले खुल्ला हुन्छ भन्ने निर्णय भने भैसकेको छैन यहि बैशाख १६ गते सर्वदलिय बैठक गरेर पाटन खुला गर्ने बारे अन्तिम निर्णय हुने भएको छ । बहुमुल्य जडिबुटी सवैले संकलन गरुन भन्ने उदेश्यले सवैलाई संगै पाटन फुकुवा गर्ने गरिन्छ ।