भेरी करीडोरको तल्लुबगरमा बेलीबृज भाँचिदा २ जना भारतियको ज्यान गयो ७ घाईते ।

जैतुन अनलाइन | 2023-04-20

जाजरकोट :  जाजरकोट डोल्पा सड्कमा पर्ने तल्लुबगरमा निर्माणाधिन बेलीबृज पुल भाँचिदा दुइृ जनाको ज्यान गएको छ । पुलको प्लेटपाता पुर्याउने क्रममा बिहिबार दिउसो १२ तिस बजेतिर पुल भाँचिएर दुइृजनाको ज्यान गएको हो भने ६ जना गम्भीर घाइते भएका हुन । भारत महापुर जिल्ला बहराईच घर भएका बर्ष ४० का पुरोस्तीम चमारको घटन स्थलमा र सोहि ठेगानाका कामदार धर्मेन्द्र गौतम भन्ने हर्जन चमारको उपचारको लागि अस्पताल लादै गर्दा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । अन्य ६ जना गम्भीर घाईते भएको र उनिहरुको जाजरकोट दल्ली अस्पतालमा उपचार भई रहेको छ भने एक जना क्रेन चालक नवालपरासी घर भएका बर्ष २५ का निरज कुमार चौधरीलाइ नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा भारत महपुर जिल्ला बहराईच घर भएका बर्ष ३० को गोरखनाथ सन्जय गौतम बर्ष २५ सोनु चमार बर्ष १९ गोपाल चमार बर्ष ४६ मैक कुमार गौतम बर्ष ५० र प्रसान्तम राजकुमार बर्ष ५१ का गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । जाजरकोट नलगाड १२ मा पर्ने तल्लु बगर भेरी नदि माथीको यो पुलले जाजरकोट र रुकुम पश्चिमलाइ जोडेर डोल्पा सदरमुकाम दुनै सम्म सिधा यातायात गर्न मिल्ने महत्वपुर्ण पुल हो । निर्माण पुरा नहुदै पुल भाँचिएपछि डोल्पालीको आसा समेत निरासामा परिनत भएको छ । भेरी किरडोरको मुख्य पुलका रुपमा लिएर निर्माणको अन्तिम चरणमा पुगेको पुल भाँचिनु सँकास्पद रहेको नागरिकको आशँका रहेको छ ।