डोल्पा : जाजरकोट डोल्पा सड्कमा बनि रहेको बेलीबृज भाँचिदा २ जनाको ज्यान गएको छ भने ७ जना गम्भीर घाईते भएका छन । भेरी करिडोको तल्लुबगरमा निर्माणाधिन बेलीबृज क्रेनले जोडी रहेको बेलामा भाँचीएपछि पुलमा काम गरि रहेका ९ जना मजदुरहरु मध्य २ जनाको घटना स्थलमा नै ज्यान गएको छ भने बाँकी ७ जनाको अबस्थापनि गम्भीर रहेको छ । घाइतेहरुलाइ दल्ली अस्पतालमा उपचार भइ रहेको प्रहरीले जानकारी दिएको छ । मृतक र घाइतेको भने पहिचान खुलेको छैन तर ७ जना कामदार भने भारतीय रहेको स्थानीयहरु बताउछन । जाजरकोट नलगाड १२ को तल्लु बगरको भेरी नदिमाथी पुल निर्माण भइ रहेको थियो । यो पुलले जाजरकोट र रुकुम पश्चिमलाक्ष जोडेर डोल्पा सम्म सहजै यातायात जोड्ने छ । घटना बारे थप जानकारी भने आउन बाँकी रहेको छ । बन्दै गरेको पुल भाँचिएपछि सामाजिक सञ्जालमा निकै आलोचना भई रहेको छ ।