गठबन्धनका दुई दलको उच्चस्तरिय बैठक बिकास निर्माण र कार्यान्वन बारे तिनै तहको सरकारसँग पहल गर्ने ।

जैतुन अनलाइन | ५ बैशाख २०८०, मंगलवार

डोल्पा : हाल सरकारमा रहेका सत्ता साझेदार दुई दल नेकपा माओबादी केन्द्र र एकिकृत समाजबादी डोल्पाको उच्च स्तरीय स‌म्यन्त्रको बैठक मँगलबार दुनैमा बसेको छ । जिल्लामा बिकासको अबस्था र कार्यान्वयन बारे चसो लिदै तिनै तहको सरकारसँग समन्वय सहकार्य गरेर जिल्लाको बिकासमा लाग्ने उच्चस्तरीय स‌यन्त्रको बैठकले निर्णय गरेको एकिकृत समाजबादीका पोलिटब्युरो सदस्य हँश बहादुर शाहीले जानकारी दिए । शाहीको अध्यक्षतामा बसेको दुईदलको उच्तस्तरिय स‌‌यन्त्रको बैठकले बिभिन्न ५ वटा निर्णय समेत गरेर कार्यान्वयन गरेर जाने भएको हो ।

एकिकृत समाजबादीको जिल्ला कार्यालयमा बसेको बैठकले जिल्लाको बिकास निर्माण र कार्यान्वयनको प्रतिबेदन तयार गरि तिनै तहको सकारसँग समन्वय गरेर प्राथमिकताका आधारमा पहल गर्ने । हाल सरकारका प्रधानमन्त्री र दुबैदलका मन्त्रीहरु र कर्णाली  प्रदेश सरकारमा रहेकी राज्यमन्त्री उर्मिला बिश्वकर्मालाइ बधाई तथा कार्य सफलताकाे शुभकामना दिने । जिल्लाको समग्र बिकास निर्माणका लागि सबै दलहरुसँग सहकार्य र समन्वय गर्ने । डोल्पा जिल्लाको बिकास निर्माण र कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल गठन गरेर यहि बैशाख १३ गते सम्म प्रतिबेदन तयार गरी अर्को उच्चस्तरीय स‌यन्त्रको बैठक प्रस्तुत गरेर ८ वटै स्थीयतह र वडास्तर सम्म लग्ने निर्णय भएको एकिकृत समाजबादी डोल्पाका सचिव युवराज थकालीले जानकारी दिए ।

आगामी उच्चस्तरीय बैठकको सँयोजनका लागि एकिकृत समाजबादीका पोलिट ब्युरो सदस्य हँश बहादुर शाही र दुबै पार्टिका जिल्ला इन्चार्ज धन बहादुर बुढा र रामलाल बि क लाइ जिम्मेवारी दिएर सबै निर्णहरु केन्द्र सम्म लैजान प्रचार बिभागलाइ जिम्मा दिएको नेकपा माओबादी केन्द्रका डोल्पा जिल्ला ईन्चार्ज रामलाल बिक जानकारी दिए ।

उच्चस्तरीय स‌यन्त्रमा एकिकृत समाजबादीका तर्फबाट हँश बहादुर शाही धन बहादुर बढा हरिप्रसाद डाँगी छक्क बहादुर धराला माँयादेबी ठकुल्ला मान प्रसाद बुढा र युवाराज थकाली रहेकाछन भने नेकपा माओबादी केन्द्रका तर्फबाट रामलाल बिक काली चलाउने धर्मजित बोहोरा काली नारासिँह रोकाया दत्त बहादुर शाही बिरमल भण्डारी रहेका छन ।

त्यसैगरी कार्यदलमा नेकपा माओबादी केन्द्रका तर्फबाट बिरमल कुमार भण्डारी र एकिकृत समाजबादीका तर्फबाट बबिकिशोर गुरुङ्गलाइ जिम्मेवारी दिइएकाे थकालीले जानकारी दिए । सत्ता साझेदार गठबन्धनमा रहेको नेपाली काँग्रेस सँग भने बैठकमा किन सहभागी भएन भन्नेबारे कुनै कुरा खोलीएन ।