एकिकृत समाजबादी डोल्पाले संगठन सुदृढीकरण विषेश अभियान संचालन गर्ने ।

जैतुन अनलाइन | 2023-04-18

डोल्पा : एकिकृत समाजबादी डोल्पाले संगठन सुदृढीकरण विषेश अभियान संचालन गर्ने भएको छ । पार्टीको सोमबार बसेको चौथो जिल्ला अधिबेसनको बैठकले अब संगठन सुदृढीकरण विषेश अभियान संचालन गर्नको लागि आज कै मितिबाट सुरु गरि २०८० साउन १० गते सम्म जिल्ला अधिवेशन गर्ने गरि प्रत्येक वडा देखि पालिका सम्म खटेर काम गर्ने निर्णय गरेको हो । अन्य दलहरुले बिभिन्न अभियान चलाइ रहेका बेलामा एकिकृत समाजबादीले पनि अब संगठन सुदृढीकरण विषेश अभियान संचालन गर्नको लागि आज कै मितिबाट सुरु गरि २०८० साउन १० गते सम्म जिल्ला अधिवेशन गर्ने गरि प्रत्येक वडा देखि पालिका सम्म खटेर काम गर्न पोलिट ब्युरो सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज हंस बहादुर शाही,प्रतिनिधि सभा सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज माननिय धन बहादुर बुढा, डोल्पा जिल्ला सह इन्चार्ज हरि प्रसाद डाँगी र केन्द्रिय परिषद सदस्य काली बुढा सुझाव दिएको जिल्ला सचिव युवराज थकालीले जानकारी दिए ।

एकिकृत समाजबादीका जिल्ला सचिव थकालीका अनुसार चौथो जिल्ला कमिटि बैठकले हालै जारी प्रदेश कमिटी र केन्द्र कमिटीबाट जारी अपानी,असनी र समग्र डोल्पा जिल्लाको राजनैतिक प्रतिवेदन पार्टी अध्यक्ष छक्क बहादुर धरलाले प्रस्तुत गर्नुको साथै जिल्लामा कार्यन्वयन गर्ने ।  समाजवादी प्रेस संगठन जिल्ला अध्यक्ष लेख बुढा लाइ तोकि १ महिना भित्र पदाधिकारीहरुलाइ पुर्णता दिइ जिल्ला कमिटीमा अभिलेख गर्ने
विकास निमार्ण सम्बन्धि काम गर्नको लागि बबिकिशोर गुरुङको संयोजकत्वले विकास निमार्णको खाका बनाइ हाम्रो सगै सरकारमा सामेल दलहरु सग सहकार्य गरि जाने लगायतका निर्णय गरेको बताए ।

त्यस्का साथै हालै सम्पन्न सम्माननिय प्रधानमन्त्रि पुष्पकमल दाहालको नेतृत्व गठित मन्त्रिपरिषद विस्तारको क्रममा एकिकृत समाजबादी पार्टीका उप महासचिव तथा कर्णाली प्रदेश कमिटी इन्चार्ज प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्रि,बरिष्ठ उपाध्यक्ष वेदुराम भुषाल कृषि तथा पशुपन्छी मन्त्रालयका मन्त्रि र पाटी केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष नन्दा चपाइ भौतिक पूवार्धार तथा यातायात मन्त्रालयको राज्य मन्त्र्रि लाई डोल्पा जिल्ला पार्टीको तर्फबाट बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिने साथै प्रगतिशिल ,शिक्षक संगठन,पेशागत महासंग नेपाल,एकिकृत स्वास्थ्यकमी संगठन नेपाल र एकिकृत सरकारी कर्मचारी संगठन डोल्पाका सम्पुर्ण पदाधिकारीहरु लगाएत सोही संगठनहरुबाट प्रदेश र केन्द्रिय महासंगमा प्रतिनिधित्व गर्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाइ बधाइ तथा कार्यकाल सफलताको शुभकामना समेत दिएको एकिकृत समाजबादी डोल्पाले जनाएको छ ।