प्रेसचौतारी डोल्पाका अध्यक्ष एकिकृत समाजबादी प्रबेश ।

जैतुन अनलाइन | 2023-04-18

डोल्पा : नेकपा एमालेको भातृसँगठन प्रेसचौतरी डोल्पाका अध्यक्ष एकिकृत समाजबादीमा प्रबेश गरेका छन । प्रेश चौतारी डोल्पाका अध्यक्ष लेख बहादुर बुढा सोमबार नेकपा एमाले परित्याग गरि एकिकृत समाजबादीमा प्रबेश गरेका हुन । बुढा एकिकृत समाजबादीमा प्रबेश गरे लगत्तै एस निकट पत्रकार सँगठन प्रेस-सँगठनको जिल्ला अध्यक्ष चयन भएका छन । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेकपा एमाले परित्याग गरि एकिकृत समाजबादी रोजेको तर पत्रकारीता समान हुने राजनैतिक दल मात्रै परिवर्तन भएको र अब जिल्लाका अन्य सँगठन र बाहिर रहेका पत्रकारहरुलाइ समेत एकिकृत समाजबादीमा आउन आव्हान गरेका छन ।

नेकपा एमाले निकट प्रेस चाैतारीमा मेराे नेतृत्वमा रहेर साथ दिने सम्पूर्ण अग्रज तथा सहकर्मी साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । लेख्न भन्न मन त धेरै थियाे तर म कसैलाई पनि केही आराेप प्रत्याराेप लगाउदैन । मेराे व्यक्तिगत निर्णय अनुसार यस नयाँ बर्ष बि.सं. २०८० देखि मेराे नयाँ यात्रा सुरु भएकाे छ। समाजवादी प्रेस संगठन डाेल्पाकाे टिम सानाे हाेला तर क्रियाशील र सक्रिय साथीहरूकाे टिम बन्ने छ। समाजवादी प्रेस संगठन जिल्लामा क्रियाशील सम्पूर्ण पत्रकारहरुकाे साझा संगठन बन्ने छ । याे संगठन सबैकाे आवाज बन्ने छ । हाम्राे संगठन समग्र जिल्लाकाे बिकासकाे पक्षमा हुनेछ । समाजवादी प्रेस संगठनमा आबद्ध हुन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुराेध गर्दछु । साथै नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी डाेल्पाको चाैथाे बैठकबाट मलाई समाजवादी प्रेस संगठन डाेल्पाकाे अध्यक्षमा जिम्मेवारी दिनुभएकोमा सम्पूर्ण नेतृत्व वर्गमा हार्दिक धन्यवाद दिन चाहान्छु ।
धन्यवाद।  नाेट: हामी हाम्रो राजनीतिक आस्था जुनसुकैमा जाेडिन सक्छ तर कलम भने स्वतन्त्र,निष्पक्ष आखाले चलाउने छाै ।
बुढा २०७८ मँसिरमा नेकपा एमाले निकट प्रेस चाोतारी डोल्पाका अध्यक्ष मनोनित भएका थिए भने २०७९ बैशाख ३१ मा भएको स्थानीयतहको निर्वाचन पछि प्रेस चौतारी छोडेको घोषणा सामाजिक सञ्जाल मार्फत गरेका थिए । त्यसपछि उनि नेकपा एमाले प्रति सन्तुष्ट नरहेका बुढाले एकिकृत समाजबादीको चौथो जिल्ला अधिबेशनबाट आफ्नो राजनितिक दलिय यात्रा एकिकृत समाजबादी तय गरेका हुन । अब भने डोल्पा जिल्लामा दल निकट पत्रकारहरुको सँगठन बिभाजित भएको छ यो भन्दा पहिला प्रेस चौतारीलेको मात्रै बहुमत रहेको थियो । समाजबादी प्रेस सँगठन डोल्पाको अध्यक्षमा चयन भएका बुढालाइ एक महिना भित्र  मदाधिकारीहरुको पुर्णता गराइ सँगठनको अभिलेख गराउन पार्टिले निर्देशन दिएको एकिकृत समाजबादी डोल्पाका सचिव युवराज थकालीले जानकारी दिए ।