ठुलीभेरी नगरपालिकाको प्रथम “मेयर कप” शुभारम्भ ।

जैतुन अनलाइन | 2023-04-15

दुनै : ठुलीभेरी नगरपालिकाको प्रथम “मेयर कप” सुरु भएको छ । शनिबार दुनैको खेलकुद मैदानमा प्रथम “मेयर कप”को एक कार्यक्रमका बिच भब्यताका साथ उद्धघाटन गरिएको हो । ठुलीभेरी नगरपालिकाले ठुलो धनरासिको प्रथम “मेयर कप”मा पुरुष फुटबल र भलिवल खेल खेलाउने भएको हो दुबै तर्फका खेल खुला हुने आयोजक ठुलीभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत डिलप्रसाद रोकायाले जानकारी दिए ।

ठुलीभेरी नगरपालिकाको आयोजनामा भई रहेको प्रथम “मेयर कप”मा फुटवल तर्फ पहिलो हुनेले १ लाख १५ हजार नगद दोस्रोले ७१ हजार र तेस्रो हुनेले ५१ हजार नगद प्रमाणपत्र मेडल पाउने छन भने भलिवल तर्फ पहिलो हुनेले १ लाख ५ हजार दोस्रोले ७१ हजार र तेस्रो हुनेले ५१ हजार नगद प्रमाणपत्र र मेडल पाउने “मेयर कप” आयोजनाका स‌योजक तेजेन्द्रबहादुर रोकायाले जानकारी दिए । स‌योजक रोकायाका अनुसार फुटवल तर्फ १८ टिम र भलिवल तर्फ १४ टिम सहभागि रहेका र दुबै खेल तर्फ डोल्पा जिल्ला भित्रकाले मात्रै सहभागिता जनाएको बताए ।

 

ठुलो धनरासिको प्रथम “मेयर कप” खेलको पुर्व पर्यटन राज्यमन्त्री ए‌व प्रतिनिधि सभा सदस्य माननीय धन बहादुर बुढाले गरे । उद्धघाटन गर्दै माननिय धन बहादुर बुढाले भने हाल सम्म धुलोमा खेल खेलेका खेलाडीहरुले अब सुबिधा सम्पन्न रङ्गशालामा खेल्न पाउनेछन । रङ्गशाला निर्माणको प्रकृया सकिसकेको र अब काम पनि तिव्रगतिमा हुनेमा बिश्वस्त हुन आग्रह गर्दै बुढाले भने मैले जनताको घरदैलोमा गरेको वाचा भुलेको छैन पुरा गरेरै छाड्छु जनताको गुन तिर्न छ । फरक प्रशङ्गमा बुढाले भने डोल्पामा ठुला आयोजनाको बिकास गर्नका लागी पुर्व अर्थमन्त्री जनार्दन शर्माको ठुलो भुमिका रहेकोले डोल्पाली जनताले त्यसको मुल्याङ्कन गरेको भन्दै धन्यबाद समेत दिए ।खेलकुदले मित्रता बढाउने भएकोले अनुशासित भएर खेल्न आग्रह समेत बुढाले खेलाडीहरुलाइ गरे ।

खेलकुदमा धेरै पछि रहेको डोल्पामा पछिल्लो समय थोरै भएपनि स्थान पाउने गरेका छन । जिल्ला खेलकुद बिकास समिति छ कि नाइ भन्ने अबस्थामा रहेको र खेलमैदानमा खेलकुद बिकास समितिले अनुहार देखाउन समेत लाज मर्दो अबस्था रहेको भन्दै नेपाली काँग्रेस डोल्पाका सचिव हिक्म बहादुर शाहीले जिल्ला खेलकुद बिकास समितिलाइ ब्यङ्गय गरे । शाहीले भने जिल्लामा फुटवल दुनै भ्याली क्लबले जोगाइ राखेकोले पनि हाल जिल्लामा फुटवलको क्रेज बढ्दो रहेको दावी गरे । उनले भने जिल्लाका नेताहरुले खेलमैदान बारे सोच्न पर्छ ।

खेलकुदले क्षमता प्रदर्शन गर्ने क्षेत्र भएकोले जिल्लामा हुने यस्ता खेलामा अनुशासित भएर खेल्न जरुरी रहेको जिल्ला समन्व प्रमुख श्यामबहादुर रोकायाले खेलाडीलाई आग्रह गरे । रोकायाले भने अनुशासन हुन्छ भने खेलाडीमा नै हुन्छ । खेलजगत आफैमा सकारात्मक पक्ष हो तर खेलमैदानमा सरकारले चासो नदिएकोले हाल धुलोमा खेल्न बाध्य रहेकोले अब तिनै तहका सरकारले खेल मैदान निर्माणमा जोड दिन जरुरी रहेको कर्णाली प्रदेश ससद माननीय शेर बहादुर बुढाले बताए । आफुले जिल्लामा खेलकुदका लागि भौतिक स‌रचनाको अबस्था बारे राम्रोसँग बुझेकोले आफनो भुमिका जहिले सकारातम्क हुने जानकारी दिए । बुढाले भने सबै मिलेर भ्रष्टचार रोकुम बिकास हुन्छ त्यो खेलकुदमा मात्रै नभएर जिल्लाकै । प्रदेशले दिएका बजेटमा वडाले अनुगमन गरेर मात्रै भुक्तानीका लागि सिफारिस गर्न वडा अध्यक्षहरुलाई आग्रह समेम स‌सद बुढाले गरे।

ठुलीभेरी नगरपालिकाले आयोजना गरेको प्रथम “मेयर कप”मा नगरपालिकाले खेल क्षेत्रमा हौसला दिन आयोजना गरेको नगर प्रमुख श्वर्णकुमार बुढाले जानकारी दिए । नगरप्रमुख बुढाले भने हामीसँग यो बर्ष बजेट निकै कम छ आउने बर्षमा मिहलालाइ पनि खेलमा सहभागि गराउने र सबै बिधाका खेल गराएर “मेयर कप” गराउने लक्ष्य रहेको बताए । भ्रष्टाचार निरुपन हुन्छ तर समय लाग्छ जनताका समस्याका चाङ् छन तर पनि खेलमा लगानी गर्न कुनै दुख नभएकाले आगामी दिनमा अझै राम्रो गरेर जाने बुढाले प्रतिबद्धता जनाए । प्रथम “मेयर कप” बैशाख ७ गते सम्म चल्नेछ ।