नेकपा एमाले डोल्पाको मिसन ग्रास रुट अभियानको जिल्लास्तरी समिक्षा ।

जैतुन अनलाइन | 2023-04-12

डोल्पा :  नेकपा एमाले डोल्पाको मिसन ग्रास रुट अभियानको जिल्लास्तरी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । डोल्पा जिल्लाका सबै स्थानीयतहमा अभियान सम्पन्न भएपछि जिल्लास्तरीय भेला गरिएको नेकपा एमाले डोल्पाका पार्टि सचिव ल‌क बहादुर रोकायाले जानकारी दिए । सचिव रोकायाका अनुसार  एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रीय सदस्य हिराचन्द्र धराला नेकपा एमालेको नेपाल निजामती कर्मचारी संगठनमा प्रवेश गर्नु भएको छ । नेकपा एमाले पार्टीको राष्ट्रिय अभियान(मिसन ग्रास रुट)अन्र्तगत पार्टी सुदृढीकरण तथा बिस्तार अभियानको जिल्लास्तरीय समिक्षा कार्यक्रममा केन्द्रीय सदस्य धराला एकीकृत सरकारी कर्मचारी संगठन परित्याग गरी नेपाल निजामती कर्मचारी संगठनमा प्रवेश गर्नु भएको हो ।

एकिकृत समाजबादी परित्याग गरि नेकपा एमाले फर्केका हिराचन्द्र धराला

धरालालाई नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष बाले बोहराले अविर टिका र खादा लगाएर स्वागत गर्नु भएको थियो ।जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष शेरबहादुर बुढा नेकपा एमाले कर्णाली प्रदेश उपाध्यक्ष लालबहादुर महतारा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले स्वागत तथा बधाई दिनु भएको थियो । कर्मचारीको पेशागत हकहितको लागि नेपाल निजामती कर्मचारी संगठनले अग्रणी भुमिका खेल्दै आएको र नेकपा एमाले नै कर्मचारीको संगठन संरक्षणमा राम्रो अभिभावक समेत भएकोले आफु प्रवेश गरेको नवप्रवेशी धरालाले बताउनु भयो ।

एक महिना लामो ग्रास रुट अभियानको क्रममा घरदैलोमा पुग्दा प्राप्त भएका कार्यकर्ताको गुनासो र सुझाव सहित आगामी दिनमा पार्टी संगठनलाई के कसरी मजबुत बनाउन सकिन्छ भन्ने बारेमा जिल्लास्तरीय समिक्षा कार्यक्रम जारी रहेको नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी नगर कमिटीका अध्यक्ष तुलबहादुर विष्टले जनाकारी दिनु भयो । समिक्षा कार्यक्रममा नेकपा एमालेका जिल्लास्थित विभिन्न संगठन विभागका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सिमक्षा कार्यक्रममा प्रदेश तथा केन्द्रबाट मिसन ग्रास रुटमा डोल्पा जिल्लाका बिभिन्न स्थानीयतहमा जिम्मेवारी पाएका नेताहरुलाइ सम्मान गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष एबम कर्णाली प्रदेश सासद शेर बहादुर बुढाले जानकारी दिए । अध्यक्ष बुढाका अनुसार नेकपा एमाले अहिलेपनि जिल्लामा पहिलो पार्टी नै रहेको र कार्यकर्तामा झनै उत्साह रहेको दाबी समेत गरे ।