पहिलो पटक नगरपालिकाले भेरीको फोहोर सफा गर्न थाल्यो । साताको दुईदिन बजारको फोहोर उठाउने ।

जैतुन अनलाइन | 2023-04-08

दुनै : डोल्पाको भेरी नदिमा चाँग लागेको फोहोर पहिलो पटक नगरपालिकाले निकाल्ने कामको थालनी गरेको छ । दशकौ देखी भेरीमा चाँग लागी रहने फोहोर ठुलीभेरी नगरपालिकाले पहिलोपटक उठान थालेको हो । नगरपालिकाले करिब २२ लाख हाराहारीमा ट्याक्टर किनेर दुनै बजार र जुफाल बजारको फोहोर ब्यवस्थापन सुरु गरेको छ । पहिलो दिन भेरीमा फालिएको फोहोर नगरपालिकाका नगरप्रमुख स्वबर्ण कुमार बुढाले अभियानको थालनी गरे । पिहलोपटक सुरुवात गरिएको भेरी नदि सरसफाई र बजारको फोहोर ब्यवस्थापनमा नगरप्रमुख  सहित कर्मचारी,नेपालीसेना,नेपाल प्रहरी,शसत्र प्रहरी,दलका नेता र सामाजिक अभियान्ताले उठाउने अभियानताले साथ जनाएका थिए ।

ठुलीभेरी नगरपालिकाले भेरी नदि सरसफाइ र बजारको फोहोर ब्यवस्थापनको काम निकै राम्रो भएको र  एक दिन अभियानका रुपमा मात्रै नभएर निरन्तर लागी रहनुपर्ने सरसफाई अभियानमा सहभागि भएका सामाजिक अभियान्ता याेगेन्द्र बुढाले बताए । बुढाले भने सधै अरुले गरेर हुदैन जब  स्थानीयवासिले समेत चासो दिदैनन तब सम्म सरकारले वा कुनै निकायले यस्ता अभियान गरेर सफल हुदैन ।  भेरीमा फोहोर फाल्ने हरेक नागरिकले बानीको परिवर्तन गरे महिना दिनमा भेरी सफा अनि स्वच्छ हुने नेपाली काँग्रेस डोल्पाका सचिब हिक्मत बहादुर शाहिले बताए ।  शाहीले भने नगरपालिकाले सरसफाई एेन बनाएर काम गर्नुपर्ने र जनचेतनामुलक कार्यक्रम समेत गरेपछि मात्रै सहज हुने दावी गरे । पहिलोपटक यो अभियानको थालनी भएकोले सबैले बुझेका छैनन समय लाग्छ शाहीले थपे ।

आफ्नै रफतारमा बगि रहेको  भेरी नदिले डोल्पा सदरमुकाम दुनैलाइ मनमोहक सुन्दरता बनाइ रहेको छ ।  प्रकृतिले सुन्दरता प्रदान गरेपनि मानिसले भेरी नदिले दिएको सुन्दरातालाइ कुरुप बनाइ रहेका छन । बर्खा याममा भेरीको बहाब बढेर किनारमा रहेका सबै फोहोर बढारेर लैजान्छ तर भेरीको पानी कम हुन्छ अनि फोहोरले हेरी नस्कने भईदिन्छ । शनिबारदेखी अभियानका रुपमा थालिएको दुनै बजार र भेरी नदि सरसफाईमा यहिका स्थानीयले साथ दिनुपर्ने र नगरपालिकाले फोहोरलाइ ब्यवस्थापन गर्नेमा बिश्वस्त हुन वडा नम्बर ७ का अध्यक्ष मनराम ठकुल्लाले बताए ।

टोलटोलमा सरसफाइ समिति गठन गर्ने आमा समुहलाइ सक्रिय बनाउने सबै नागरिकलाई सरसफाई बारे सचेतना जोगाउने मेरो घर मेरो टोल मेरो वडा मैले नै सफा गर्नुपर्छ भन्ने अभियानको थालनी भएकोले यस्लाइ पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले काम गर्ने ठुलीभेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुकदेब लम्सालले जानकारी दिए । लम्सालले भने अबबाट घरबाट निस्कने कुहीने र नकुहिने फोहोर छुट्याएर राख्न अनुरोध गरेको र नगरपालकाको ट्याक्टरले लगेर धुपीचौरमा ब्यवस्थापन गर्ने बताए । लम्सालले थपे अब जुफाल बजार दुनै बजार र भेरी नदि सफा सुन्दर देख्न पाउनेमा कुनै कमि हुनेछैन ।

पहिलो पटक ठुलीभेरी  नगरपालिकाले दुनै वासीले कुरुप बनाइ रहेको भेरी नदिलाइ सुन्दरतामा बदल्ने प्रयास गरि रहेको नगर प्रमुख श्वर्ण कुमार बुढाको भनाई छ । नगरप्रमुख बुढाका अनुसार दुनै बजारको फोहोर ब्यबस्थापन भेरी नदिको सरसफाई र जुफाल बजारको फोहोर ब्यवस्थापनको थालनी भई सकेको र एक साताकाे सुचना पुन जारी गरी भेरीमा फालिएको फोहोर घर भएकाहरुले जम्मा गर्नपर्ने र उठाउने काम  नगरपालिकाले गर्ने बताए । अहिले स्थानीयलाइ कुनै दोष नलगाउने तर नगरपालिकाको निर्णय कार्यान्वयन नभए कारवाही गर्न भने कुनै कसुर बाँकी नराख्ने ठोकुवा गरे । सोही प्रश‌गमा नगरप्रमुख बुढाले भने भेरीमा ढल मिसाउनेका लागी ३५ दिने सूचना जारी गरी सकेको र सोही समयमा ब्यवस्थापन नगरे नगरपालिकाले डोजर लगाएर भेरीमा हालेका ढलको कारवाही गर्ने चेतावनी दिए ।

ठुलीभेरी नगरपालिकाले पहिलो पटक थालनी गरेको सरसफाई अभियानमा भने स्थानीयको सहभागिता भने थिएन ।  कसैको डर नमानि भेरीमा फोहोर फालेको स्थानीयलाइ भने अब छुट हुनेछैन भेरीमा फोहोर फाल्नका लागि ।  बजारबाट निस्कने फोहोरमा प्लाष्टिक र सिसाले नै भेरी नदिमा फोहोर बढि रहेको हो । होटेल तथा बजारबाट निस्कने फोहोर भने हप्ताको दुईदिन ट्रयाक्टरले लैजाने छ । हरेक घरले फोहोर छुट्याएर राख्नुपर्ने र नगरपालिकाले सातामा दुईदिन उठाएर लैजाने भएको हो  तर कुन कुन बार भनेर बार तोकेको छैन। नगरपालिकाले दुनै र जुफाल बजार सफा राख्ने योजना बनाइ लागि रहेको छ ।