जगदुल्ला नदिमा ब्यपत्ता प्रहरी हवल्दारको शब खोजीमा गोताखोर सहित डिएसपी घटनास्थलमा।

जैतुन अनलाइन | 2023-04-02

डोल्पा : गस्तीमा गएका प्रहरी हवल्दार लडेर जगदुल्ला नदिमा बेपत्त भएका हवल्दारको गोताखोरले शब खोजी रहेको छ । बिहिबार ईलाका प्रहरी कार्यालय काईगाउँबाट ५ जनाको टोली गस्तीमा गएका प्रहरी हवल्दार जोशिराम रेगामी लडेर नदिमा ब्यपत्ता भएका थिए । ४ दिनदेखी जगदुल्ला नदिमा हराएका रेगामीकाे शब गोताखोर ल्याएर खोजी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक शिब बुढाथोकिले जानकारी दिए । डिएसपी बुढाथीकीले भने म आफै घटना घटेको स्थानमै छु ७ जना गोताखोर टोली सहित २५ जना प्रहरीले खोजी निरन्तर गरि रहेका छौ ।  गस्तिमा हिडि रहेको बेलामा मुड्केचुला गाउँपालिका १ काे भेरी कुना भन्ने स्थानमा पौने ६ बजेतिर भिरबाट लडेर जदुल्ला नदिमा खसेर ब्यपत्ता भएका थिए ।  ।

जगदुल्ला नदिमा ब्यपत्ता भएका हवल्दार रेगामीको शब खोजीका लागि  जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक नविन प्रकाश चापागाईको कमाण्डमा २५ जना, जिल्ला स्थित नेपाली सेना र शसश्त्र प्रहरी बल समेतको टोली घटना स्थलमा खोजी गरेर शब फेला नपरेपछि सुर्खेतबाट ७ जनाकाे गोताखोर टोली आएर खोजी रहेको छ । गोताखोर सहित घटनास्थलमा पुगेका डिएसपी बुढाथोकीले भने हामी निरन्तर लागी रहेका छौ धैर्य गर्नुस ।

तस्विर : योगेन्द्र बुढा सामाजिक अभियान्ता