लुकाई राखेको ६९ बाेरो जटामसि ६९ बाेरा वरामद

जैतुन अनलाइन | 2023-04-01
 सरोज थापा चैत्र १८ 
 
डोल्पा :  घर भित्र लुकाईछिपाई राखियकाे अबैध जटामसि शुक्रबार बरामत भएको छ ! ठुलिभेरी नगरपालिका वडा न ३ धुपिचौरमा रहेको माटाको एक तले घरबाट ६९ बाेराकाे करिव २५०० के जि बराबरको जटामसि संकास्पद अबस्थामा घर खानतलासी गर्दा भेटिएको डिभिजन बन कार्यलय डोल्पाका प्रमुख महेस कमाईले जानकारी दिए ! डिभिजन वन कार्यालय र से-फाेक्सुण्डाे राष्ट्रीय निकुन्ज डाेल्पाकाे संयुक्त गस्ति टाेलिले घर भित्र लुकाईछिपाई राखियकाे अबस्थामा अबैध जटामसि ६९ बाेरा भेटिएको डिभिजन बन कार्यलय डोल्पाले जनाएको छ !
नियन्त्रण लिएको करिव २५०० के जि बराबरको वरामद जटामसी कस्को हो भन्ने कुनै पत्ता नलागेको बताए ! थप अनुसन्धान का लागि डिभिजन बन कार्यालय डाेल्पा बाट अनुसन्धान अधिकृत ताेकि अनुसन्धान कार्य अधि बढाईयकाे छ । संकटापन्न वन्यजन्तु तथा वनस्पतिकाे अन्तरास्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ बमाेजिम अनुसन्धान तहकिकात भई अबैध चाेरी निकासि कार्यमा संलग्न व्याक्तिलाई कानुन बमाेजिम हदै सम्मकाे कार्वाहि गरिने डिभिजन बन कार्यलय डोल्पाका प्रमुख कुमाईले जनाए !