डोल्पा : डोल्पाका ४ वटा परिक्षा केन्द्रबाट ६ सय ७२ जना परिक्षार्थिले एसईई परिक्षा दिए । कुल ६ सय ९४ जनाले परिक्षाको लागि आबेदन दिएपनि २२ जना अनुपस्थित भएपछि पहिलो दिन ६ सय ७२ जनाले यस बर्षको एसईईमा अँग्रेजी बिषयको परिक्षा दिएको शिक्षा बिकास तथा समन्वय ईकाइ निमित्त प्रमुख दल बहादुर बस्नेतले जानकारी दिए। निमित्त प्रमुख बस्नेतका अनुसार जिल्लाका १७ माध्यामिक बिद्यालयका परिक्षार्थिले ४ वटा परिक्षा केन्द्रमा छात्रा ३ सय ३९ र छात्र ३ सय ३३ जानले शान्त पुर्बक मर्यादित अनुशासित रुपमा पहिलो दिनको परिक्षा दिएको दावी गरे । छात्रा १० र छात्र १२ जना गरी २२ जनाले भने परिक्षामा सहभागिता जनाएनन ।
जिल्लाका १७ माध्यामिक बिद्यालयका परिक्षार्थिले सरस्वती माध्यामिक बिद्यालय दुनैमा ३ सय ६८ जना,आदर्श माध्यामिक बिद्यालय जुफालमा १ सय ८० जना , जनप्रभा माध्यामिक बिद्यालयमा १ सय ६४ जना र त्रिपुरा माध्यामिक बिद्यालयमा १ सय १० जनाले माध्यामिक शिक्षा परिक्षा एसईई दिएका छन । जिल्लाभरबाट ४ जनाले ग्रेडबृद्धिको परिक्षा दिएका । परिक्षा मर्यादित शान्त र अनुशासित बनाउन माध्यामिक शिक्षा परिक्षा समितिले कुनै कसुर बाँकी नराखेको र परिक्षाका समय कुनै त्यस्ता परिक्षाको नियम उल्लघन हुने कार्य गरे कारवाही गरिनेमा ढुक्क हुन एसईई परिक्षा सँचालन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए । प्रजिअ पोखरेलले भने परिक्षार्थिलाइ भय रहित लेख्ने वातावरण बनाएका छौ सुरक्षा ब्यवस्था पनि कडाई छ कसैले गलत नियतले परिक्षा प्रभाबित गर्ने कार्य गर्न पाउनेछैनन । परिक्षा मर्यादित हुनु सकारात्मक छ तर बर्षभरीको पढाईमा जोड दिन जरुरी रहेको पाइएको नागरिकहरु बताउछन ।
पहिलो दिन अँग्रेजी बिषयको परिक्षामा सहभागि परिक्षार्थीहरुको बिवरण हेर्नुहोस :