डोल्पा : गस्तीमा गएका प्रहरी हवल्दार लडेर जगदुल्ला नदिमा बेपत्त भएका छन । बिहिबार ईलाका प्रहरी कार्यालय काईगाउँबाट ५ जनाको टोली गस्तीमा मुड्केचुला गएका प्रहरी हवल्दार जोशिराम रेगामी लडेर नदिमा ब्यपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक शिब बुढाथोकिले जानकारी दिए । डिएसपी बुढाथीकीका अनुसार गस्तिमा हिडि रहेको बेलामा मुड्केचुला गाउँपालिका १ काे भेरी कुना भन्ने स्थानमा पौने ६ बजेतिर भिरबाट लडेर जदुल्ला नदिमा खसेर ब्यपत्ता भएको बताए ।
हवल्दार रेगामी अन्दाजी ३० मिटर भिरबाटो बाट तल अचानक जगदुल्ला नदीमा खसि बेपत्ता भएका थिए । नदिमा खसेर ब्यपत्ता भएको भन्ने जानकारी पश्चात जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक नविन प्रकाश चापागाईको कमाण्डमा २५ जना, जिल्ला स्थित नेपाली सेना र शसश्त्र प्रहरी बल समेतको टोली घटना स्थल पुगी रेगामीको खोजतलास गरि रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।