डोल्पा : ढपक्क ढाकेको जगँलमा लालीगुराँस फुलेर चमक्क पर्यो डोल्पा । डोल्पाका बिभिन्न बनमा लालीगुराँस झकमक्क भएका छन । यति बेला ठुलीभेरी नगरपालिका १ मा पर्ने सदरमुकामबाट सहजै जान सकिने खाल्दारा भन्ने क्षेत्रमा लालीगुराँस फुलेर बनै हाँसेको छ । सदरमुकाम दुनैबाट करिब दुई घण्टा पैदल यात्रामा गएर लालीगुराँसमा रमाउन सकिन्छ भने सड्को ट्रयाक समेत खुलेकोले बाईकमा समेत जान सकिन्छ ।