डोल्पा : चैत्र ७
जिल्ला प्रशासन कार्यालय डोल्पाले पहिलो पटक घरमै बसेर अनलाइनबाट सिफारिस लिने ब्यवस्था गरेको छ । आदिवासी/जनजाती,दलित तथा खसआर्य क्षेत्रको सिफारिस जिल्ला प्रशासन कार्यालय डोल्पाले अनलाइन मार्फत लिन मिल्ने सुबिधा सोमबारबाट लागु गरको हो । नागरिकले आवश्यक कागजात सहित निबेदन इमेलमा पठाएको ढिलोमा एक घण्टामा सिफारिस सम्बन्धीत ब्यक्तिको इमेलमा पाउने जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी मिनराज रिमालले जानकारी दिए । रिमालले भने हामीले सकिने खालकाे सेवालाइ सहज बनाएका हौ तर थाहा छ सम्याहरु आउनेछन तिनै समस्याले अरु सहज बनाउनेछन ।
भौगोलीक रुपमा ठुलो र दुर्गम जिल्लामा नागरिकलाइ यस्ता सुबिधा लिन सदरमुकाम आउन सहज छैन । जनजातीहरुको बाहुल्यता रहेको माथिल्लो डोल्पाका नागरिकलाइ सदरमुकाम आउन नै एक साता लाग्छ भने तल्लो डोल्पाका नागरिकहरुलाइ दुई दिन सम्म लाग्ने गर्दछ । समय,खर्च र भौगोलिक बिकटतामा पनि नागरिकलाइ यस्ता सेवा देशमै पहिलो पटक डोल्पा जिल्ला प्रशासनले दिएको पाउदा खुसि भएको दुई दिन हिडेर जनजातीको सिफारिस लिन आएका जगदुल्ला गाउँपालिकाका एक नागरिक गगन कुमार लामा बताए । सेवाग्राही लामाले भने हिडेर आउन सजिलो छैन तर अनलाईनबाट सेवा पाउनु राम्रो कुरा हो तर सबै क्षेत्रमा इन्टरनेट नभएकोले सेवा लिन त्यति सहज नभएकाे उनको ठहर छ ।
आदिवासी÷जनजाती,दलित तथा खसआर्य क्षेत्रको सिफारिस जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गर्नको लागी वडा कार्यालयमा केही दुबिधा भई जिल्ला प्रशासनमा आएमा पनि नागरिकले सेजा सहजै पाउने छ । आदिवासी÷जनजाती,दलित तथा खसआर्य क्षेत्रको सिफारिस प्रमाणित गर्ने देशकै पहिलो जिल्ला भएको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले दावी गरे । प्रजिअ पोखरेलका अनुसार यस्ता खाले सिफारिस प्रमाणित गर्नको लागी नागरिकले कुनै शुल्क भने तिर्नु पर्दैन । निबेदकले रु १० को हुलाक टिकट टासेर नागरिकताको स्कयान जिल्ला प्रशासनको इमेलमा पठाएमा एक घण्टा भित्र सिफारिस पाउनेछन । जनसंख्याको हिसाबले थोरै भएपनि भौगोलिक रुपमा ठुलो जिल्ला भएकोले नागरिकलाइ यो सेवाले आर्थिक हिसाबले पनि फाइदा हुने देखिन्छ । हाल हरेक महिना २० जना भन्दा धेरैले यस्ता खाले सिफारिस लिने गरेका छन । निबेदकले सेवा लिन दिने निबेदनको ढाँचा र सम्पर्क नम्बर समेत जिल्ला प्रशासनले कार्यालयको वेवसाईटमा राखी दिएको छ ।
सेवा लिने प्रकृया बारे पढ्नुहोस