खुट्टा दरो टेकेका छौ जनताको सेवा दिन चुकेका छैनौ परिणाम हेर्न धैर्य गर्नुस नगरप्रमुख बुढा ।

जैतुन अनलाइन | 2023-03-13

फागुन २९ 

जुफाल :  ठुलिभेरि नगरपालिकाको १०औँ हिउदे नगर सभामा आईतबार सम्पन्न भएको छ । निर्माण तथा तयार भएका एेन कानुन र निति अनि कार्यबिधि पारित गर्न र नगरसभामा पारित भएका केहि योजना स‌सोधन गर्नका लागी हिउदे गाउँसभा हुने भएकोले त्यसैमा केन्द्रीत रहेर ठुलीभेरी नगरपालिकाले १०औँ हिउदे नगरसभा गरेको निमत्त प्रमुख प्रशाकिय अधिकृत डिलप्रसाद रोकायाले सभालाइ जानकारी गराए । वडा तथा नगरपालिकाका ठुला योजनालाइ समेत यो नगरसभाले अनुमोदन गर्नेछ भने यसरी अनुमोदन भएका योजनाले प्रदेश तथा स‌घमा प्राथिमकतामा पर्ने भएकाले पनि हिउदे नगरसभा महत्वपुर्ण हुने गरेको छ । जनताकाे सेवा दिने नजिकको सरकार स्थानीयतहको सरकार भएपनी स‌घिय सरकारले कर्मचारी दर्बन्दी अनुसार पुर्ति गर्न नसकेको कारण पनि स्थानीय सरकारको फारकिलो उपलब्धी नदेखिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत डिलप्रसाद रोकायाले दुखेसो समेत नगरसभामा पोखे । रोकायाले भने अब कानुन एेन कार्यबिधिमा निर्माण गरेर कट्टबद्ध भएर लाग्नेबेला भएको छ हाल भएका  कर्मचारीले यस्मा साथ दिने प्रतिबद्धता जनाए ।

कृषि शिक्षा, स्वास्थ्य , पर्यटन रोजगार र पुर्बाधार,समृद्ध ठुलिभेरी नगरपालिकाको मुल आधार भन्ने नाराका साथ १० औ हिउदे नगर सभामा जनप्रतिनिधिहरुको भने उल्लास देखिएको थियो । सबै वडा अध्यक्षहरुको प्रतिनिधित्व गरी  नगर सभामा बोल्दै वडा नम्बर ७ का वडा अध्यक्ष धुर्ब बिक्रम शाहीले थुलिभेरी नगरपालिका संघियताको मर्म प्रत्येक नागरिकको घर घरमा पुगेको महसुश होस सुखी र समृद्ध नगरपालिका बनाेस अनि जनताको मर्म भावना आनुसार स्थानीय सरकार चलोस भन्दै शुभकामना दिए । शाहीले भने हामीले राम्रा काम पहिला गरुम अरु काम हुदै जानेछन अहिले राम्रो काम भन्दा पनि छताछुल्ल खाले काममा लागेकोले सबैले खुट्टा दरो बनाएर जनताको हितमा स्थानीय सरकारको महसुश हुनेगरी काम गर्न समेत आग्रह गरे। कर्मचारी खोज्ने  समस्या आएकोले कम्तीमा सामान्य नागरिकले सहजै सेवा लिने खाले स‌यन्त्र बनाएर अघि बढ्न कर्मचारीलाइ सुझाब दिए ।

स्थानीय सरकारका जनप्रतिनिधि ठुला बन्न नभई जनताकाे काम गर्ने कामदारका रुपमा जनताले पठाएका कारण जनताकाे सेवाबारे जालझेल नगर्न जिल्ला  समन्वय समिति प्रमुख श्याम बहादुर रोकायाले  जनप्रतिनिधिहरुलाइ आग्रह गरे ।  रोकायाले भने हामी जिम्मेवार निकायमा पुगेका जनप्रतिनिधिहरु नेता बनेर हैन सेबक बनेर जनतहरुलाई आफ्नो काम कर्तव्य बाट सेवा प्रदान गर्नुपर्छ । स्थानीय सरकारका जनप्रतिनिधिहरुलाइ जनताकाे काम गर्नको लागि कुनै समय तोकेको छैन जतिबेला पनि जनताकाे काम रोकियो भने स्थानिय सरकार हुनुको कुनै औचित्य नभएकोले जनभावना अनुरुप जनप्रतिनिधि बन्नुपर्ने जिकिर गरे । न्यायका कामहरु कुनैपनि स्थानीयतहले गर्न नसकेको कारण अब ठुलीभेरी नगरपालिकाले कानुनी सल्लाहकार समेत राखि सकेको अबस्थामा कानुनी सेवा पनि प्रभाबकारी हुने रोकायाको बिश्वास रहेको छ ।  ठुलिभेरि नगरपालिकाको १०औँ हिउदे नगर सभामामै नगरपालकालिकाले कानुनी सल्लाहाकारमा अनिता तिमिल्सिनालाई नियुक्त गरेको छ । अधिबक्ता तिमिल्सिना ठुलिभेरी नगरापालिका ३ की स्थायी बासिन्दा हुन ।

खुट्टा दरो टेकेका छौ परिणाम हेर्न धैर्य गर्नुस नगरप्रमुख बुढा ।

ठुलिभेरि नगरपालिकाको १०औँ हिउदे नगर सभामा  नगर प्रमुख सुबर्ण कुमार बुढाले जनताकाे सेवामा कतै नचुकेको दावी गरे । नगरप्रमुख बुढाले भने खुट्टा दरो टेकेका छौ परिणाम हेर्न धैर्य गर्नुस जनताको हितमा लागि रहेका छौ ।  अबका दिनमा ठुलिभेरी नगरपालिका भित्र हरेक काम हर्दा जनताका आबश्यक्ता र माग अनुसार अगाडि जाने र जनताहरु लाई सेवा प्रदान गर्ने बताए ! बुढाले भने हो हामि केहि कुरामा चुप बसेकै हो नगरपालिकामा कुनै न कुनै कुरामा मानवीयता र नरम हुदा सेवा भने अनुरुप दिन नसकिएको हो तर अब त्यो छुट कसैलाइ पनि छैन । फेसबुकमा लेखेर मात्रै हुदैन फोहोर फाल्न नगरप्रमुख आउनै पर्छ भने पनि आउन तयार छु तर त्यो भन्दा पहिला कसरी ब्यवस्थापन गर्ने स्थानको खोजी कार्य भई रहेकोले ढिला भएको हो कसैले भेरीमा फोहोर भयो भनेर फेसबुकमा लेख्दैमा केहि नुहुने तर सफा राख्ने जिम्मेवारी नगरपालिकाले भएकोले गरेरै छाड्ने उदघोष गरे ।

दुनै बजार सफा भेरी नदि स्वच्छ राख्ने कुरा मात्रै हैन नगरपालिका भरी सफा स्वच्छ राख्ने लक्ष्य रहेको र नगरपालिकाले हरेक कुराको पाटो मिलाइ रहेको बुढाले बताए । केहि काम र निति कार्यबिधि र एेन बनेपछि दुनैको भेरीका ढल बन्द गराउने मिचिएका जग्गा खाली देखी टहरा हटाउने काम पनि हुनेमा बिश्वस्त रहन आग्रह गरे । दुनै बजारको फोहोर ब्यवस्थापनको लागि ट्रयाक्टर समेत तयार रहेकोले अब केहि दिनमा फोहोर ब्यवस्थापन हुने जानकारी गराए । नगर प्रमुख बुढाले भने  अब ठुलिभेरीका जनताहरुका समस्या समधान गर्नको लागि सधै लडिरहने र लागि पर्ने बताए । अब शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटनमा बिशेक जोड दिदै शिक्षाले नै सबै कुरा परिबर्तन गर्ने भएकोले विशेष गरि शिक्षामा जोड दिने बताए !

कर्मचारीहरुको हकमा काम।कर्तव्य र जिम्मेवार बनेर जनताहरुलाई सेवा दिनु हुन आग्रह गर्दै प्रमुख बुढाले काम कर्तव्य जिम्मेवार बहन।गर्न नसक्ने जो कुनै कर्मचारीहरु ठुलिभेरी बाट जान सक्ने भन्दै कर्मचारीलाइ समेत सचेत गराए । कर्मचारी र जनप्रतिनिधिको सहकार्यबाटै नगरपालिकामा सम्बृद्धि आउनेभएकोले कर्मचारी पनि जिम्मेवार हुन निर्देशन गरे । ठुलिभेरि नगरपालिकाको १०औँ हिउदे नगर सभाले बन्द सत्र पछि कानुन एेन र कार्यबिधि पारित गर्नुका साथै केहि योजनाका बजेट समेत स‌सोधन गर्ने भएको छ ।

तस्विरमा हेर्नुहोस