डोल्पामा पहिलोपटक जिल्लाबाटै ई–पासपोर्ट बितरण नगरिक खुसि ।

जैतुन अनलाइन | 2023-03-09

डोल्पा : कर्णालीको बिकट मानिने डोल्पा जिल्लामा पहिलोपटक ई–पासपोर्ट बितरण भएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले पहिलोपटक जिल्लामै नागरिकको हातमा बिद्युतिय राहदानी थमाईदिएको हो । गत माघ १० गतेदेखी जिल्लाबाटै राहादानीको फारम भर्न थालेपछि पहिलो पटक नागरिकले जिल्लाबाटै ई–पासपोर्ट पाउन थालेकाछन ।
जिल्ला प्रशासन कार्यालय डोल्पाले बिहिबार दुईजनालाइ ई–पासपोर्ट दिएर सुरुवात गरेको छ । माघ १० गतेबाट सुरु भएको ई–पासपोर्ट सेवा २३ जना लिएका छन भने १३ जनाको ई–पासपोर्ट समेत जिल्लामा आएर दुईजनाले बिहिबार लिएकाछन । जिल्लामै बिद्युतिय राहदानी पाउदा समय र आर्थिकको समेत बचत हुनुका साथै सहज भएको पहिलोपटक राहदानी लिन आएका नागरिक त्रिपुरा सुन्दरी नगपालिका ११ का गणेशमान पुनले बताए । पुन सँगै ठुलीभेरी नगरपालिका १ का चन्द्रप्रकाश रोकायाले ई पासपोर्ट पहिलोपटक जिल्लाबाट लिएका हुन।

जिल्लाबाटै प्रमुख जिल्ला अधिकारीको हातबाट ई-पासपोर्ट राहदानी लिदै त्रिपुरा सुन्दरी नगरपालिका ११ का गणेशमान पुन । तस्विर :जैतुन अनलाईन

पुर्वगृहमन्त्री रबि लामिछानेले नागरिकलाइ जिल्लाबाटै राहदानी दिने ब्यवस्था सुरु गरेपछि डोल्पाका नागरिकले पहिलो पटक आफनै जिल्लाबाट ई–पासपोर्ट पाउन थालेका हुन । यो भन्दा पहिला राहदानी लिन काठमाण्डौ जानुपर्ने र सहजै भनेको समयमा राहदानी लिन पाउने अबस्था थिए । २०७९ माघ १० गते गृहले जिल्लाबाटै राहदानी दिने ब्यवस्था गरेपछि नागरिकमा उत्साह छाएको छ । अब जिल्लाबाटै ई–पासपोर्ट राहदानी बितरण हुने भएकाले जिल्लाका कुनैपनि नागरिकले काठमाण्डौ जान नपर्ने र जिल्ला प्रशासनमा आएर सहजै ई–पासपोर्ट राहदानी लिन जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोखरलले डोल्पाका नागरिकलाइ अनुरोध गरे ।

जिल्लाबाटै प्रमुख जिल्ला अधिकारीको हातबाट ई-पासपोर्ट राहदानी लिदै ठुलीभेरी नगरपालिका १ का चन्द्रप्रकाश रोकाया । तस्विर :जैतुन अनलाईन

प्रजिअ पोखरेलले भने ई–पासपोर्ट राहदानी लिन नागरिकले सक्कल नागरिकता ल्याएर जिल्ला प्रशासनमा आएर नगद ५ हजारको बैँक भौचर भरि एकैदिनमा ई–पासपोर्टका लागि फर्म भरेर जान सकिन्छ अब तपाइको जिल्लाबाटै राहदानीको काम हुन्छ । ई–पासपोर्ट राहदानी बिभागले छाप्ने भएकोले करिब एक महिनामा ई–पासपोर्ट राहदानी जिल्लामा आई पुग्ने सम्बन्धीत ब्यक्तिको मोबाईल नम्बरमा एसएमएस आएपछि लिन आउन जिल्ला प्रशासनले अनुरोध गरेको छ । डोल्पा जस्तो बिकट हिमाली जिल्लाका नागरिकका लागि ई–पासपोर्ट राहदानी लिन सबैको पहुच समान हुने भएको छ । पछिल्लो समय डोल्पाबाट पनि युवाहरु बैदेशिक रोजगारमा जानेको संख्या भने बढ्दो रहेको छ ।