नारि दिवसमा जगदुल्लामा महिला फुटवल वडा नम्बर १ हुरिकोट प्रथम (तस्विरमा हेर्नुहोस)

जैतुन अनलाइन | 2023-03-08

डोल्पा : ११३ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवस अर्थात नारी दिवस जगदुल्ला गाउँपालिकामा फरक हिसाबले मनाइएको छ । नारि दिवसको अबसरमा गाउँपालिका भित्रका महिलाहरुलाई फुटबल खेलाएर मनाइएको छ । जगदुल्ला नमुना युवा कल्बले आयोजना गरेको गाउँपालिका स्तरीय महिला फुटबल प्रतियोगितमा वडा नम्बर १ हुरिकोटले प्रथम स्थान हाँसिल गरेको छ । गाउँपालिका भित्रका कुल १० वटा महिला आमा समुहले प्रतियोगितामा सहभागिता जनाएको जगदुल्ला नमुना युवा क्लबका अध्यक्ष रामचन्द्र बस्नेत (भाष्कर)ले जानकारी दिएका छन ।

नारि दिवसकै अवसरमा बिबाहित आमा छोरी बुहारीहरुको महिला आमा समुहले खेलमा उत्साह पूर्वक सहभागिता जनाएका थिय । बुधबार सम्पन्न भएको मिहला फुटवल खेलमा वडा नम्बर १ हुरीकोट प्रथम वडा नम्बर ३ थापागाउँ दोस्रो र वडा नम्बर ५ माझगाउँले तेस्रो स्थान हात पारेका छन । पहिलो पटक गाउँपालिकामा भएको महिला फुटवल खेलमा सहभागिता जनाएर बिजेता बनेका महिला आमा समुहहरुले क्रमश: प्रथमले १५ हजार दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार नगद मेडल प्रमाणपत्र समेत प्राप्त गरेको क्लबका अध्यक्ष रामचन्द्र बस्नेत (भाष्कर)ले बताए । अध्यक्ष बस्नेतका अनुसार उत्कृष्ट खेलाडी उत्कृष्ट किपर अनुशासित खेलाडीले समेत नगद हात पारेको र प्रतियोगितामा सहभागि सबै टिमले सान्वना स्वरुप नगद १ हजार प्राप्त गरेका छन ।

जगदुल्ला नमुना युवा क्लबले आयोजना गरेको मैत्रिपुर्ण गाउँपालिका स्तरिय महिला फुटवल खेलका लागि जगदुल्ला गाउँपालिका,शे-फाेक्सुन्डाे राष्ट्रिय निकुञ्ज,डब्लु डब्लु एफले आर्थिक सहयोग गरेका हुन । पहिलोपटक गाउँमै महिलाहरुको फुटवल गराउन सहज थिएन तर पनि महिलाहरुको हौसलाको लागि आर्थकि सहयोग गर्ने सबै निकायप्रति श्रृणि भएको जगदुल्ला नमुना युवा क्लबका अध्यक्ष रामचन्द्र बस्नेत (भाष्कर)ले बताए । उनले भने पहिलो पटक भएकाले धेरै कमि कम्जोरीहरु भएका छन आगामी दिनमा सुधार गर्ने वाचा गर्दछौ । उनले थपे हामीलाई खेल अबधीभर सहयोग गर्ने सबैलाई धन्यबाद आगामिदिनमा पनि सहयोगको अपेक्षा राखेका छौ र सबैभन्दा खेलमा सहभागि जनाउने महिला आमा समुह सबैलाई धन्यबाद यति उत्साहका साथ खेलीदिएको भनेर खुसि ब्यक्त गरे । जगदुल्ला नमुना युवा क्लबले पछिल्लो समय समाज रुपान्तरणका सचेतनामुलक काम गरि रहेको छ भने जगदुल्ला नमुना युवा क्लबका अध्यक्ष रामचन्द्र बस्नेत (भाष्कर)  उनि आफैपनि साईकल यात्री र पर्यटन अभियान्ता समेत हुन । बस्नेत जगदुल्ला ताल र समग्र जगदुल्ला चिनाउने अभियानमा लागि रहेका छन । यो खेल सञ्चालनको लागि कुल १ लाख ३० हजार खर्च भएको क्लबले जानकारी दिएको छ ।

महिला फुटवल तस्विरमा हेर्नुहोस :