हिउँमा पुरिएको शब ५ महिनापछी आफन्तको जिम्मा लगाईयो ।

जैतुन अनलाइन | 2023-03-05

डोल्पा : बिदेशी पर्यटक लिएर माथिल्लो डोल्पा गएर ब्यपत्ता भएका डोल्पका एक जना यूवाको शब ५ महिना पछि फेला परेको छ । गएको असोज २१ गते डोल्पोबुद्ध गाउँपालिका ३ को छोईला भन्ने लेकमा हिउमा हराएका थिए । स्विजरल्याण्डबाट आएका पर्यटकहरुसँ सहायक कुकको जिम्मा लिएर गएका डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका ९का ४६ बर्षे कर्णबहादुर डाँगी हिउमा पुरीएर भृत्यु भएको थियो ।


निरन्तर परेको बर्षाले छोईला लेकमा अत्याधिक हिउँ परेकोले चिसोको कारण हिउमा फसेर डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । बर्षा रोकिएपछि प्रहरी उनका आफन्तले उद्धारको लागि पहल गरेपनि हिउमा उद्धार हुन सकेन । पुन फागुन १७ गते प्रहरी र आफन्त गएर खोजी गर्दा हिउमा आधा शरिर पुरिएको अबस्थामा भेटिएको शबको खोजी गरेर लासको मुचुल्का लगाएको प्रारम्भिक अनुसन्धान गरेर प्रहरीले शब आफन्त भाई बिष्णुचन्द्र डाँगीको जिम्मा लगाएको जिल्ला प्रहरी कायालय डोल्पाका प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीले जानकारी दिए ।


डिएसपी बुढाथोकीका अनुसार हिउमा पुरीएको कारण खोजी गरेर उद्धार गर्ने कार्य समयमा नसएिकोले करिब ५ महिना कुर्नु परेको बताए । यो बर्ष हिउदमा हिउँ नपरेको र असोजमा परेको हिउँ पग्लीएपछि हराएको शब खोजी कार्यमा सहज भएको प्रहरीको दाबी रहेको छ । उनि सँगै हिउमा हराएका बिदेशी पर्यटकको भने हेलीकप्टरबाट जिबितै उद्धार गरिएको थियो ।