हरि पन्थीको “बैरागी”म्युजिक भिडियो फागुन २४ गते सार्वजानिक हुने ।

जैतुन अनलाइन | 2023-03-04

डोल्पा : डोल्पामा छायाँङ्कन गरिएको “बैरागी”म्युजिक भिडियो यहि फागनु २४ गते सार्वजानिक हुने भएको छ । हरी पन्थीको “बैरागी”म्युजिक भिडियो फागुन २४ गते नारि दिवसको अवसर पारी बजारमा आउने भएको हो । कर्णालीको कथा बस्तुमा रहेर निर्माण गरिएको म्युजिक भिडियोलाई चर्चित निर्देशक लक्षमण सुनारले गरेका छन । अहिले पनि कर्णालीमा अनेकन दुख रोग भोक र गरिबिको अबस्थथा उस्तै रहेको अबस्थामा लक्षमणले कथा लेखेर आफै निर्देशन गरेका हुन । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको चुँ गाउँ र ठुलीभेरी नगरपालिकाको जुफालमा उक्त म्युजिक भिडियोको छायाङ्कन गरिएको हो । एचबिआर कला केन्द्रको प्रस्तुतिमा रहेको “बैरागी”को शब्द बसन्त उदासले गरेका छन ।

लक्षमण सुनारले निर्देशन गरेको हरि पन्थीको “बैरागी”म्युजिक भिडियोमा  सुरबिना कार्की वसन्त उदास ,एन्जीला पन्थीले अभिनय गरेका छन भने मुख्य भुमिका,सुप्रभा,टेक जँग खड्का ,शँकर सुनार जय थापा लगायतकाे रहेकाे बसन्त उदासले जानकारी दिए । पछिल्लो समय डोल्पामा म्युजिक भिडियो र साना तथा ठुला चलचित्रको समेत छाँयाङ्कन हुने गरेकाछन । “बैरागी”म्युजिक भिडियो हरी पन्थीले निर्माण गरेका हुन । यो भन्दा पहिला छाँयाङ्कन गरेका अधिकाँश म्युजिक भिडियोले राम्रो बजार पाएकोले “बैरागी”म्युजिक भिडियोले पनि बजार राम्रो पाउनेमा निर्माता हरी पन्थी बिश्वस्त रहेका छन । यस्का साथै अनुभबि र चर्चित निर्देशक लक्षमण सुनारले छाँयाङ्कन गरेकोले बजार सहजै पाउने अनुमान भने दर्शकको रहेको छ । डोल्पामा छायाँङ्कन गरिएका चलचित्र र म्युजिक भिडियो डोल्पालाई समेत चिनाउने गरेका छन ।