१३औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल दुनैमा सुरु ४ माबि मात्रै सहभागी (तस्विरमा हेर्नुहोस)

जैतुन अनलाइन | 2023-02-28

जैतुन सम्बाददाता 

फागुन -१६ दुनै 

डोल्पाको सदरमुकाम दुनैमा  १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल सुरु भएको छ । हरेक बर्ष जस्तै यो बर्षपनि स्वास्थका लागि खेलकुद राष्ट्रका लागी खेलाडी भनन्ने मुला नारा सहित  माध्यामिक बिद्यालय स्तरिय राष्ट्रपति रनिङ्गशिल प्रतियोगिता सुरु भएको हो । जिल्लाका १५ वटा माध्यामिक बिद्यालय मध्य ४ वटा माबिले मात्रै रनिङ्गशिलमा सहभागिता जनाएका छन । अरनिको माबि काईके शहरतारा सरस्वती माबि दुनै आदर्श माबि जुफाल र जनप्रभा माबि लिकुका ४ पुरुष र २ महिला टिम गरी कुल ६ वटा भलिवल खेलका खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष ध्रुब चलाउनेले बताए ।

भलिवल खेलको बिधामा खेलाइने १३औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल सरस्वती माध्यामिक बिद्यालयको खेल मैदानमा मँगलबार उद्धघाटन भएको हो । डोल्पा जिल्ला प्रदेश निर्वाचन “क” का प्रदेश सा‌सद शेरबहादुर बुढा र प्रदेश निर्वाचन क्षेत्र “ख”का प्रदेश सा‌सद तथा पुर्व उद्याेग पर्यटन बन तथा वातावरण मन्त्री बिर बहादुरशाहीले स‌युक्त ब्यानर खोलेर र भलिवलको सर्भिस गरेर उद्धघाटन गरेका हुन । उद्धघाटन सत्रमा जिल्ला समन्वय समितिका प्रमुश श्यामबहादुर रोकायाले खेलाडीको गहना भनेकै अनुशासन भएकोले खेलाडीले अनुशासनमा खेलेर अशल खेलाडीको पहिचान देखाउन अनुरोध गरे ।

१३औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिलमा सहभागि टिमले शिल मेड पाउनेछन भने प्रथम हुने टिमले प्रदेशमा हुने खेलमा सहभागिता जनाउनेछन । भलिवलको बिभिन्न बिद्यामा खेलाडी तथा टिमले मेडल ट्रफी पाउने जिल्ला खेलकुद बिकास समिति डोल्पाले जानकारी दिएको छ । अन्य माध्यामिक बिद्यालयले किन सहभागिता जनाएनन भन्नेबारे खेबिसले कुनै प्रतिकृया दिएको छैन ।

१३औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिलका तस्विर हेर्नुहोस :