एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति डोल्पाको छैटौं जिल्ला अधिबेशन सम्पन्न ।

जैतुन अनलाइन | 2023-02-26

जैतुन सम्बाददाता 

त्रिपुराकोट 

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति डोल्पाको छैटौं जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिबार त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपुराकोट बगरमा छैटौँ जिल्ला अिधबेशन सम्पन्न भएको हो । एकिकृत नेकपा माओवादी निकट शिक्षकहरुको सँगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनले जिल्ला समन्वय समिति डोल्पाको छैटौं जिल्ला अधिबेशन त्रिपुरा सुन्दरीमा गरेको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति डोल्पाको छैटौं जिल्ला अधिबेशन बाट  श्रवण कुमार रोकाया – अध्यक्षमा १३ सदस्यिय जिल्ला सँगठन समिति गठन गरेको निवर्तमान अध्यक्ष प्रताप रोकायाले जानकारी दिए । रोकायाका अनुसार छैटौँ अिधबेशनले अध्यक्षमा श्रवण कुमार रोकाया  पद्मा बुढा – उपाध्यक्ष नरजित ठकुल्ला – कोषाध्यक्ष  दत्त चलाउने – सचिब सहित अन्य १३ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति गठन गरेको बताए।

त्यसैगरी एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति डोल्पाको छैटौं जिल्ला अधिबेशनले जिल्लाका ७ वटा स्थानीय तहका गाँउ तथा नगर कमिटिको अध्यक्ष समेत मनोनित गरेको छ ।  गाउपालिका कमिटीमा  जगदुल्लाको अध्यक्ष – युद्ध प्रसाद रोकाय  मुड्केचुलामा अध्यक्ष – केशव बुढा तिपुरासुन्दरी अध्यक्ष – मोहन रावल ठुलिभेरीमा अध्यक्ष – गिरिमान बुढाथोकी  शे फोक्सुण्डोमा अध्यक्ष – मुनलाल बुढाको  डोल्पोबुद्धमा अध्यक्ष – शैलेन्द्र रोकायको अध्यक्षतामा पालिका कमिटी गठन भएको बताएको छ ।

कर्णाली प्रदेश सासंद तथा पुर्व पर्यटन मन्त्री बीरबहादुर शाहीले एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति डोल्पाको छैटौं जिल्ला अधिबेशनको उद्धघाटन गरेका थिए । अिधबेशनमा अन्य राजनितिक दलका भातृसँगठनका शिक्षकका अध्यक्षले समेत शुभकामना दिएका थिए । शिक्षक कुनै पार्टिमा आस्था राखेपनि अधिकारको लडाइमा एक हुन जरुरी रहेको अिधकाँश बक्ताको एक्यबद्धता रहेको थियो । शिक्षक सरुवा बढुवा र दर्बन्दी मिलानमा सबैको सल्लाहमा मर्यादाक्रम हेरेर गरिनुपर्ने जहा दलको स्वार्थ भन्दा माथि उठेर शिक्षकको हितमा लाग्न शीक्षक नेताले जोड दिएका थिए । नेकपा एमालेको भातृसँगठन शिक्षक स‌गठन त्यागेर ८ जना शिक्षकले एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समितिमा प्रबेश गरेका थिए ।