रेडियो सुशासन ९० मेगाहर्ज संचालनमा,सञ्चार क्षेत्र बिस्तार हुदै डोल्पामा ।

जैतुन अनलाइन | 2023-02-26

विष्णुप्रसाद देवकोटा
डोल्पा, १३ फागुन

भौगोलिक रुपमा नेपालकै ठुलो जिल्लामा सञ्चार क्षेत्रमा बिकास हुदै गएको छ ।  सुशासन समृद्दि र जवाफदेहिताको आवाज मुख्य मन्त्र राखेर डोल्पामा रेडियो सुशासन ९० मेगाहर्ज संचालनमा आएको हो । बाला मिडिया प्रालीद्वारा संचालित रेडियो सुशासन शनिवारवाट औपचारिक रुपमा संचालनमा आएको छ। कर्णाली प्रदेश सासंद तथा पुर्व पर्यटन मन्त्री बीरबहादुर शाही र त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले संयुक्त रुपमा ब्यानर खोलेर रेडियोको औपचारिक रुपमा उद्घाटन गरेका छन ।

रेडियोको उदुघाटनको क्रममा वोल्दै प्रदेश सासंद बीरबहादुर शाहीले रेडियो सबैको साझा बन्न सक्नु पर्ने र डोल्पालीका कुनाकन्दरामा लुकेर रहेका विषयबस्तु र जनआवाजलाई मुखरित गर्नु पर्नेमा जोड दिनु भयो । रेडियो खुल्नु मात्र ठूलो कुरानभई यसको दिर्घकालिन रुपमा संचालन सत्य तत्थ्य र निष्पक्ष खवर प्रवाहा महत्वपुर्ण रहेको प्रदेश सासंद शाहीको भनाई थियो ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाया पुर्व प्रदेश सासंद बदमीक्वारी बोहरा(बुढा) प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेल र संचारकर्मी टेकबहादुर शाही लगायतले कर्णाली प्रदेशमा डोल्पा मिडियाको क्षेत्रमा निकै पछाडि रहेकाले जिल्लामा चौथो रेडियोको रुपमा स्थापना भई संचालनमा आएको रेडियो सुशासनले नाम अनुसारको सुशासन स्थापनमा जिल्लाको भरपर्दो सत्य तत्थ्य र निष्पक्ष समाचार संकलन सम्पादन र प्रशारणमा भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

त्रिपुरासुन्दरी नगरपालिका वडानम्बर १ त्रिपुराकोटमा प्रदेश सरकारवाट विनियोजित गरिएको मुख्यमन्त्री तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वजेट सासंद विकास कोष लगायत त्रिपुरासुन्दरी नगरपालिकाको आर्थिक सहयोग गरेर झण्डै ३३ लाखको लागतमा ५०० वाट क्षमताको रेडियो संचालनमा आएको हो। त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकाका सबै क्षेत्रमा रेडियो पहुँच रहेको रेडियो संचालक रामचन्द्र न्यौपानेले जानकारी दिनु भयो ।
कार्यक्रम रेडियो संचालक समितिकी अध्यक्ष मिना बुढाको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख त्रिपुरासुन्दरी नगरपालिकाका ११ वटै वडाका अध्यक्ष संचारकर्मी विभिन्न राजनीतिकदलका प्रतिनिधि र नागरकि समाजका प्रतिनिधिको उपस्थिती रहेको थियो ।