डाेल्पाकाे दुनै बजारमा सडक पेटीमा सामान नराख्न प्रहरीको निर्देशन

जैतुन अनलाइन | 2023-02-17

लेख बुढा,

डाेल्पा – जिल्ला प्रहरी कार्यालय डाेल्पा  र ठुलीभेरी नगरपालिका ३ काे वडा कार्यालयकाे संयुक्त टाेलीले दुनै बजागरका व्यवसायीहरुलाई सडक पेटीमा सामान नराख्न आग्रह गरेकाे छ । आज बिहिवार प्रहरी टाेली संगै वडा नं, ३ वडा अध्यक्ष भक्त बहादुर भण्डारीले बजार क्षेत्रमा सडक पेटीबाट सामान हटाउन आग्रह गरेका हुन । सडक पेटी सम्मै सामान राख्दा साेही समयमा सवारी साधन चल्दा अन्य सर्वसाधारणलाई समस्या हुने गरेकाे गुनासाे बढेकाे र साेही कारणले हुन सक्ने दुर्घटना राेक्नकाे लागि सडक पेटीबाट सामान हटाउने अभियान थालिएको ठुलीभेरी नगरपालिका ३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारीले बताए ।
दुनै बजार क्षेत्रमा व्यवसायीहरुले आफ्नो  सटर भन्दा बाहिर सडक पेटी सम्म सामान राख्दा यात्रुलाई संगै सवारी साधनलाई आवतजावत गर्न समस्या हुने गरेकाे गुनासाे जिल्ला प्रहरी कार्यालयमा आएपछि प्रहरी र वडा नं ३ काे संयुक्त टाेलीले एक हप्ताकाे समय सिमा दिएर सडकपेटी बाट सामान हटाउन आग्रह गरिएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख डिएसपी शिव बुढाथोकीले बताए । सार्वजनिक स्थान मिचेर पटकपटक आग्रह गर्दा पनि अटेर गर्ने व्यवसायीलाई  सामान नियन्त्रणमा लिएर ऐन कानुन अनुसार कारबाही गरिने डिएसपी बुढाथोकीले बताए । दुनै बजारमा धेरै जस्ताे स्थानमा सडक सम्मै सामान राखेकाे पाईएकाेले आगामी दिनमा हुन सक्ने विभिन्न दुर्घटना समस्यालाई राेक्नकाे लागि याे कदम चालिएको उनले बताए छन । उने भने सामान सटर काेठामा राख्दा सफा सुरक्षित हुने अनि आफ्ना ग्रहाकहरु जसरी पनि आउछन् सामान देखाउदैमा धेरै व्यापार हुने पनि हैन त्यसैले सडकमा सामान नराख्न अनुराेध छ ।