त्रिपुरा सुन्दरी नगरपालिकामा दोस्रो मेयर कप भलिवल १४ टिम सहभागि (तस्विरमा हेर्नुहोस)

जैतुन अनलाइन | 2023-02-15

डोल्पा : त्रिपुरा सुन्दरी नगरपालिकामा मेयर कप भलिवल सञ्चालन भई रहेको छ । ठुलो रासिको मेयर कप भलिवलको दोस्रो स‌स्करण म‌लबार देखी सुरु भएको हो । नगरपालिकाको केन्द्र त्रिपुराकोट वगरमा सुरु भएको दोस्रो मेयर कप भलिवलमा जिल्लाभरका १४ भलिवल टिमले सहभागिता जनाएका छन । “स्वास्थका लागि खेल राष्ट्रका लागी युवा” भन्ने नारा सहित नगरपालिकाले गत आर्थिक बर्षदेखी मेयर कप भलिवल प्रतियोगिता गारइ रहेको छ । कुल १२ लाख रुपैयाको खर्च लागतमा मेयर कप सम्पन्न गरिने नगर प्रमुख जनचन्द्र रोकायाले जानकारी दिए । नगरप्रमुख रोकायाका अनुसार जिल्लाभरका खेलाडीहरुले खेलमा सहभागिता जनाउने र जिल्लामा मात्रै नभएर प्रदेश र राष्ट्रिय स्तर सम्म पनि खेल्नसक्ने अब्बल खेलाडीलाइ उत्पादन गरि डोल्पालाई चिनाउने लक्ष्य रहेको दावी गरे ।

खेलामा पहिलो हुनेले १ लाख १५ हजार नगद प्रमाणपत्र मेड पाउनेछन भने द्धितिय हुनेले ६१ हजार नगद प्रमाणपत्र मेडल पाउनेछन भने तृतिय हुनेले ४१ हजार नगद प्रमाणपत्र र मेडल पाउनेछन । त्यसैगरी उत्कृष्ट खेलाडीले नगद ७ हजार उत्कृष्ट स्पाईकरले नगद ५ हजार मेडल पाउनेछन । फागुन ७ गते सम्म चल्ने दोस्रो मेयर कप भलिवल खेलले खेलाडी उत्पादनका साथै एक स्थानीयतह र अर्को स्थानीयतहको बिचकाे सम्बन्ध समेत प्रगाढ बनाउनेमा बिश्वास रहेको जिल्ला समन्य समितिका प्रमुख श्याम बहादुर रोकायाले बताए । रोकायाले भने खेल आफ्नो सिप र कलाले प्रदर्शन हुने कुरा हो भने अनुसाशन खेलाडीको गहना भएकाले अनुसाशनलाई पालना गर्नुनै असल खेलाडीको पहिचान भएको भन्दै खेलाडीलाई अनुसाशनमा ध्यान दिन आग्रह गरे ।

भौगोलिक रुपमा ठुलो जिल्ला भएपनि स्थानीयतहले गर्ने खेलकुद बाहेक जिल्लामा कुनैपनि खेल नहुने भएकाले पनि खेलाडीहरुमा उत्साह नभएकाेले सबै तहका सरकारले सोच्नुपर्ने बेला आएको र यसरी जिल्ला स्थरिय कुनैपनि खेल नहुनु भनेकाे लाजमर्दो अबस्था भएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले दुख ब्यक्त गरे । उनले भने खेलामा सहभागिता मात्रै नभएर पहिचान सहितको खेल हुनुपर्नेमा जोड दिए । २०६५ साल पछि डोल्पामा ठुला महोत्सव र अन्तर जिल्ला स्तरीय वा जिल्ला तथा पालिका स्तरीय कुनैपनि खेलहरु भएका छैनन ।

स्थानीयतहले गर्न साना या ठुला खेल प्रतियोगिता बाहेक अरु कुनै खेल नहुनुमा जिल्ला खेलकुद बिकास समितिको प्रष्ट खाका नहुनुपनि हो । जिल्लामा खेलकुद बिकास समिति समेत प्रदेश माताहत र सँघ माताहतका रहेका छन । प्रदेश अन्तरगत गठन भएपनि सँघ अन्तरगत भने कुनै टुङ्गो लागेको छैन । खेलकुदमा समयमा नसोचिए अनेकन खेलाडीका सपनाहरु अधुरै रहनेछन । समग्रमा दोस्रो मेयर कप भलिवलले नगरपालिका भित्रका ब्यावसायीका लागि भने निकै फईदा हुने पाइएको छ ।