डोल्पा : डोल्पामा छायाङ्कन गरिएको चलचित्र ‘बुलाकी’ को टिजर सार्वजनिक भएको छ । आउँदो बैशाख १ गते प्रदर्शनमा आउने चलचित्रको टिजर रिलिज गरिएको हो । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ मा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । चलचित्रमा सुरक्षाका अलावा लक्ष्मी गिरी,रमेश बुढाथोकी, नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री, प्रकाश कंडेल लगायत कलाकारहरुको अभिनय छ । डोल्पाको बिभिन्न गाउँबस्तिमा यो चलचित्रको छायाँङ्कन गरिएको छ । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको बिभिन्न गाउँमा छायाँङ्कन गरिएको चलचित्र मोती विष्टको प्रस्तुती रहेको ‘बुलाकी’मा तोपेन्द्र बिष्टको निर्माण छ । राज बहादुर सानेको कथा रहेको चलचित्रको टिजरले कर्णाली भेगको एक गाउँले महिलाको संघर्ष,पिडा र भावनाको कथा बोलेको देखिन्छ ।
फिल्म ‘आमा’मा भिन्न भूमिका गरेपछि दर्शकमाझ लोकप्रिय बनेकी नायिका सुरक्षा पन्तको अर्को सशक्त भूमिका रहेको फिल्म ‘बुलाकी’को चलचित्र हो ।
सन्तान जन्माउन नसक्दा महिला नै दोषी हुने समाजको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ । शिव ढकालको छायांकन, अर्जुन जीसी र लक्ष्मण सुनारको सम्पादन रहेको यो फिल्ममा सुरक्षा र नरेनको भूमिकाले दर्शकलाई फिल्मप्रति उत्साहित बनाउन सक्छ । यो फिल्म बैशाखको १ गतेबाट रिलिज हुँदैछ । यसनेपाल भन्दा पहिला माथिल्लो डोल्पामा छायाँङ्कन भएको क्याराभान चलचित्रले बिश्वसामु नेपाल र डोल्पालाई चिनाएको थियो भने बुलाकीले पनि डोल्पालाई धेरैले चिन्न पाउनेछन ।