डोल्पा : अधिकाँशको बुझाईमा क्यान्सर रोग लागेमा मरिहाल्ने भन्ने छ र यदि क्यान्सर लागी हालेपनि मनाेलन नै कम्जोर बनाएर रोगीले ज्यान गुमाएका छन । क्यान्सरको पनि उपचार हुने भएकाले मरि हाल्ने बुझाई गलत भएकाे चिकित्सकहरु बताउछन । बिश्व क्यान्सर दिवसको अवसरमा स्वास्थय सेवा कार्यालयले गरेकाे र्यालीपछिको कोणसभामा चिकित्सकहरुले क्यान्सर लागे मरि हाल्ने नभएर उपचार हुने बताए ।
जिल्ला अस्पताल डोल्पाका चिकित्सा प्रमुख डाक्टर अखण्ड उपाध्यायले भने क्यान्सर लागेमा मरि हालिन्छ र उपचार हुदैन भन्ने बुझाई नागरिकमा भएको कारण पनि क्यान्सर लागेका बिरामीहरुमा मनाेवल कम्जोर हुदै गएकाे बताए । डाक्टर उपाध्यायका अनुसार अस्वस्थ खानेकुरा खानुले पनि क्यान्सर रोग बढि रहेको छ भने क्यान्सर नसर्ने रोग भएपनि समयमा उपचार नगराउनु र सरकारले उपचारका लागी दिने अनुदानकाे बारेमा जानकारी नपाएर पनि क्यान्सरको उपचार बारे जनस्तर सम्म जानकार नहुनुले पनि रोग बढ्दो क्रममा रहेको जानकारी दिए ।
पछिल्लो समय सुर्तिजन्य पादार्थको मात्रा सेवन गर्नेको सख्या बढि रहेको छ भने रोग सँग लड्न सक्ने खालका खानेकुरा नखानुका साथै समयमा स्वािस्थ्य परिक्षण समेत नगारउनुले पनि क्यान्सर बढि रहेको छ । क्यान्सर उमेर ढल्केकालाइ मात्र लाग्छ भन्ने बुझाई गलत भएको र यो रो बिभिन्न कारण शरिरका बिभिन्न अङ्गमा कुनैपनि कारणले लाग्ने भएकोले समयमा आफ्नो स्वास्थ्य परिक्षण नै महत्वपूर्ण हुने चिकित्सकको दावी छ । नेपालमा सबैभन्दा धेरै पाठेघरको मुखमा हुने क्यान्सरका रोगी छ भने बिश्वभरमा सबै भन्दा धेरै छालाको क्यान्सरका बिरामीहरु रहेकाेले क्यान्सर रोग लागेर मरि हाल्ने नभएपनि बाच्नका लागी उपचार हुने बारे जान्न जरुरी भएकाे निमित्त स्वास्थ प्रमुख डाक्टर कमल ढुङ्गानाले जानकारी दिए । उनले भने मेडिकले क्षेत्रले ठुलो फड्को मारि सकेको छ थोरै भएपनि क्यान्सर बारे जान्न जरुरी छ जटिल रोग पनि हो तर उपचार हुन्छ बाच्न सकिन्छ भन्ने जनस्तर सम्म सूसुचित गराउन सबै निकायले लाग्न आवास्यक छ ।
नेपालका बिभिन्न ठाँउमा क्यान्सर रोगको उपचार हुने गरेको छ । महिलाको स्तनको क्यान्सर पाठेघरको मुखको क्यान्सर छालाको क्यान्सर रगतको क्यान्सर हड्डीको क्यान्सर जस्ता थुप्रै अङ्गमा क्यान्सर लाग्ने गर्दछ भने केहिलाइ जन्मजात समेत क्यान्सर हुने गर्दछ । तर यि सबै क्यान्सरको उपचार हुने र एक निश्चित समयमा मात्रै रोगीको मृत्यु हुने भएको हुदा रोग लागेमा मरि हाल्ने भ्रमबाट खुला भएर उपचार गर्नको लागि अस्पातल आउन चिकित्सकको आग्रह छ । राेग लागेमा उपचार हुने भन्दा पनि डिप्रेशनमा जाने खतार बढि रहेकोले बिरामीलाई मनोवल दिएर उपचारमा लगाउन पर्नेमा जोड दिन अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर शाहीले अनुराेध गरे । शाहीले भने हामी सबै मिलेर क्यान्सर रोगका बिरामीलाइ उपचार हुन्छ भनेर अस्पताल सम्म ल्याउने वातावरण बनाउ ता कि बिरामीले उपचार बिना ज्यान गुमाउन नपरोस ।
समुदायमा प्रहरी नारा सहितको ब्यानर सहित नेपाल प्रहरीले पनि स्वास्थ्यकर्मिहरुसँग बिश्व क्यान्सर दिवस मनाएको छ । जिल्लामा कार्यरत स्वास्थ्यकर्मिहरु र नेपाल प्रहरीका एक टोली सहितले क्यान्सर रोग न्युनिकरण गर्न रोग बाट बच्ने उपाय र रोकाथामका नारा सहित प्लेकार्ड बोकेर दुनै बजार परिक्रमा गरेका थिए । आजकै दिन फेब्रअरी महिना आयोडिन नुनको महिना भन्ने नारा सहित आयोडिन नुन दिवस समेत भनाएका छन । बश्व क्यान्सर दिवसको अबसरमा मानव चित्र समेत बनाएर सचेतनाको सकेत गराएका थिए ।
बिश्व क्यान्सर दिवसमा स्वास्थ्य कार्यालय डोल्पामा बनाईएको मानब चित्र