डोल्पा : डोल्पामा दोहोरो झडपमा परेका ४ जनाको हेलिकप्टरबाट उद्धार गरि काठमाण्डौ लगिएको छ । जगदुल्ला गाउँपालिका ३ को थापागाउँमा झडपमा परेर घाइते भएका ९ जना मध्य ४ जनालाइ उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो । सामान्य कुरामा बिबाद पछि दोहोरो झडप हुदा हातहालाहाल भएको र एक पक्षले अर्को पक्षलाइ ढुङगा प्रहार गरि घाइते बनाई पछि कुटपिट गरेपछि ४ जना गम्भिर घाइते भएको घाइतेका आपन्तले बताए । दुबै पक्षले दोहोरो हानाहान गरेको एक प्रत्यक्षदर्शिले बताए ।
हेलिकप्टरबाट उद्धार गरिएका घाइतेहरुमा जगदुल्ला गाउँपालिका ३ बर्ष ५० कि शान्तादेबी बोहोरा,बर्ष ४२ की जालपा बोहोरा,बर्ष ३६ का भद्रबहादुर बोहोरा र उनका छोरा बर्ष १२ का कष्णजँग बोहोरा रहेका छन । त्यसै गरि अन्य घाईते हुनेमा ५९ बर्षका बिर्ख बोहोरा,बर्ष ५४ का गोरसिँह बोहोरा,बर्ष २१ का जगत बोहोरा बर्ष १८ का लक्ष्मण बोहोरा र बर्ष १६ पबिन्द्र बोहोरा रहेका छन । ४ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ भने अन्य ५ जनाको स्वास्थ्यचौकिमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
कुरा सामान्य थियो तर बिना कारण एकै पटक हुलै आएर ढुङगा मुढा गरे अनि हातै हालेर लछापछार पारे घाइते शान्तादेबी बोहोराले सुनाइन ।शान्ता भन्छिन छातीमा लात्तिले हाने महिला मान्छे हु देखाउन सक्दैन पुरै छाती दुख्छ ।
एक महिलाले अर्को महिलाको कुरा काटको बिषयलाइ लिएर पछि अन्य ब्यक्तिले झगडा गर्दा घाइते भएका थिए । राजनितिक बिषयमा बोलचाल नै बन्द रहेको अबस्थामा कुरा काटेको निउमा झगडा हुदा दुबै पक्ष बिच दोहोरो झडप भएको घाइते जालपा बोहोराका श्रीमान सुरेन्द्र बोहोराले बताए । महिलाहरुमाथि पुरुषहरुले हातपात गरेको पिडितहरुको आरोप छ । घाइते सबैको अधिकाँश टाउकोमा चोट लागेको छ भने महिलाहरुको छाती,शरिर अनि टाउकोमा धेरै चोट रहेको कुरुवा बिजय बोहोराले जानकारी दिए ।
जिल्लामा उपचार नहुने भएपछि घाइतेको उपचारको लागि हेलिकप्टर चार्टर गरि काठमाण्डौ लगिएको छ । दोहोरो झडपमा दुबै पक्षका घाइते भएका छन तर गल्ती दुबैतिरको रहेको स्थानीयहरु बताउछन । घाईतेहरु मध्यपनि हेलिकप्टरमा उद्धार गरिएका महिला र वालवालिका भएकोले चोट धेरै रहेको छ तर घाईते भने दुबै पक्षका भएका छन ।