निति,ऐन ,कानुन र बजेट स‌सोधन सहित काईके गाउँपालिकाको एघारौँ हिउदे गाउँ सभा सम्पन्न ।

जैतुन अनलाइन | 2022-12-08

डोल्पा : काईके गाउँपालिकाले हिउदे गाउँ सभा सम्पन्न गरेको छ । बुधबार काईके गाउँपालिकाको नाम्दो बगरमा भब्यताका साथ एघारौँ हिउदे गाउँ सभा सम्पन्न गरेको हो । हिउदे गाउँ सभाले गाउँपालिकाका बिभिन्न १६ वटा निति,ऐन,कानुन पारित गरेको छ भने वडा तथा केहि योजनाको लागि बजेट स‌सोधन समेत गरेको छ । गएको हसोज १८ गते रातिदेखी परेको अबिभरल बर्षाले काईके गाउँपालिकामा अतुलनिय क्षति पुर्याएकोले नागरिकको गुनासोलाइ सम्बधोन गरि बिकासलाइ अझै प्रभाबकारी बनाउन बजेटको स‌सोधन गरेको काईके गाउँपालिका अध्यक्ष अ‌गद कुमार रानाले बताए । अध्यक्ष रानाका अनुसार गाउँपालिकाको लागि केहि निति,ऐन,कानुन समेत पारित गर्नुपर्ने भएकोले आवास्यक पर्ने सबै निति,ऐन,कानुन समेत पारित गरिएकाले अब तत्काल कार्यान्वयन समेत हुने ठोकुवा गरे ।

दशौ गाउँ सभामा बिनियोजन भएका बजेटमा हेरफेर गरिनुका साथै बिपत ब्यवस्थापनलाइ प्राथमिकतामा राखेर बजेट हेरफेर गर्नुका साथै गाउँ सभामै नागरिकका गुनासा समेत सम्मबोधन हुनेगरी बजेट ब्यवबस्थापन गरिएको काईके गाउँपालिकाले जानकारी दिएको छ । शिक्षा तर्फ धेरै नै क्षेति भएकोले तत्काल बाढिले क्षेति पुर्याएका बिद्यालयको ब्यबस्थापनमा गाउँपालिकाले सबै निकायमा पहल गर्ने भएको  छ भने गाउँपालिकाले सक्ने बजेट खर्च गर्ने गाउँपालिका अध्यक्ष रानाले जानकारी दिए ।

अध्यक्ष रानाले सातवटै वडाका अध्यक्षलाइ नागरिकका गुनासा सुन्न र उपभोक्ता समिति गठनमा समाबेशि बनाउन निर्देशन समेत दिएका छन । स्थानीय सरकारको बसैभन्दा बलियो सरकार वडा सरकार भएकोले वडा अध्यक्षहरुले नागरिकका गुनासा सुन्ने र सम्बोधन गरी नसकेमा गाउँपालिकामा छलफलमा ल्याउन रानाले सबैलाइ सुझाब दिए । गाउँपालिका उपाध्यक्षको माताहतमा योजनाको अनुगमन हुने र सोहि अनुगमनको प्रतिबेदनका आधारमा मात्रै योजना भुक्तानी हुने भएकोले बजेटको द्रुपयोग गर्ने प्रयास कहि कतैबाट पनि भएमा त्यसको ठुलो क्षति ब्यहोर्नुपर्ने भएकोले जनतामुखि भएर काम गर्न सबैलाइ आग्रह रानाले गरेका छन ।

एघारौ गाउँ सभामा केहि महिना अघि मात्रै काईके गाउँपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका दुर्गा प्रसाद रिजाल,लोक सेवाबाट सिफारिस भएर आएका कर्षि शाखाका बालकृष्ण रोकाया र पशु शाखाका टेकेन्दर क्षेत्रि र डोल्पोबुद्ध गाउँपालिकाबाट सरुवा भइ आएका सब इन्जिनियर खेम भण्डारीलाइ गाउँपालिका अध्यक्ष अ‌गद कुमार रानाले स्वागत समेत गरेका थिए । स्वागत गर्दै अध्यक्ष रानाले भने कर्मचारी र जनप्रतिनिधिले नै जनतालाइ दिने सेवा प्रभाबकारी बनाउने र बिकास हुने भएकाले दुबै पक्ष सकारात्मक रुपमा लाग्नपर्ने र जनताले पाउने सेवा र बिकासको कामको लागि कर्मचारीहरुलाइ जनप्रतिनिधिले सहयोग गर्नेमा कुनै स‌कोच नराख्ने बताए ।

गाउँपालिकाले ढिलोमा बैशाखको अन्तिम सम्म बिकासे बजेटको भुक्तानी गर्नेगरी काम गर्ने जानकारी दिएको छ । पुस माघमा चिसो धेरै हुने भएपनि हिउले प्रभाब नपार्ने योजनाहरु सम्पन्न गर्नुपर्ने र बाँकि योजनाहरु चैत्र भित्र निर्माण सम्पन्न गरि सक्न सबै निर्माण उपभोक्तालाइ सूचना जारी गरि सकेको छ । बाढले पुर्याएको अतुलनिय क्षेतिलाइ मध्य नजर गरी बिकास हुने गाउँपालिकाले जानकरी दिएको ।