स्तरिय कृषि प्रर्दशनी मेला सम्पन्न बिविध बिधामा तिन दर्जन कृषक पुरस्कृत ।

जैतुन अनलाइन | 2022-09-17

लेख बुढा/असोज १
डोल्पा : डोल्पाको सदरमुकाम दुनै बजारमा जिल्ला स्तरिय कृषि पर्दशनी मेला सम्पन्न भएको छ । कृषि विकास कार्यालय डोल्पाको आयोजनामा यहि भाद्र ३१ गते देखि असोज १ गते सम्म सरस्वती माध्यामिक विधालय दुनैको खेलमैदानमा संचालीत २ दिने जिल्ला स्तरिय कृषि पर्दशनी मेलामा स्थानीय कृषकहरुले उत्पादन गरेका रैथाने बालीहरु प्रर्दशन गरेका थिए ।
जिल्ला स्तरिय कृषि पर्दशनी मेलामा खाधान्न वाली समुह,फलफुल वाली समुह,तरकारी वाली समुह,दलहन तथा नगदे वाली समुह,आलु वाली समुह,मसला वाली समुह,विविध(मौरी,माछा) वाली समुह गरि सात प्रकारका वाली समुहहरुको स्टल राखिएको थियो । जिल्ला स्तरीय कृषि पर्दशनी मेलामा जिल्ला भित्रका करिव नब्बे भन्दा बढी कृर्षकले विभिन्न समुहमा आफ्नो उत्पादीत कृषि बस्तुहरुको प्रर्दशन गरेका कृषि विकास कार्यालय डोल्पाका प्रास गोरख बहादुर बुढाले बताए ।
डोल्पामा स्याउ,ओखर,चिनो,कोदो,फापर,आलु,सिमि लगाएतका कृषि जन्य खाधान्न बस्तुहरु राम्रो उत्पादन हुने गर्दछ । जिल्ला स्तरिय कृषि पर्दशनी मेलाबाट आफुले उत्पादन गरेका रैथाने कृषि जन्य बस्तुहरुले बजार व्यवस्थापनमा सहयोग पुग्ने आशा रहेको पर्दशनी मेलामा सहभागी त्रिपुरासुन्दरी नगरपालिका ३ का स्थानीय कृषक रञ्जीच बोहोराले बताए । स्याउ ओखर लगाएत विभिन्न तरकारी वाली उत्पादन राम्रो भएता पनि समयमै बजार नपाउदा बर्षेनी कुहिएर खेर जाने गरेको कृषक बोहोराले दुखेसो व्यक्त गरे ।


जिल्लाको डागीँबाडा,जुफाल,रसी लगाएतका स्थानबाट विहाना ३ बजे हिडेर सदरमुकाम दुनै बजारमा तरकारी बिक्रि वितरण गर्न कृषकहरु पुग्ने गर्दछन । दुनै बजारमा तरकारी मण्डीको व्यवस्था नहुदा तरकारीको डोको बोकेर करिव ३ घण्टाको बाटोमा हिडेर घरको दैलोदैलोमा तरकारी किन्नुहोस् भन्दै हिड्नु पर्ने बाध्यता रहेको ठुलीभेरी नगरपालिका ९ की कृषक बधुमाया कुवरले गुनासो ब्यक्त गरिन् । सदरमुकाम आसपासका कृषकका लागि जुफाल,दुनै र त्रिपुराकोट बजारमा कृषकका खेतवारीमा उत्पादीत बस्तुहरु सहजै लैजान र एकै ठाउँबाट केनवेचको व्यवस्था मिलाउन सम्बन्धीत निकायलाई कृषक कुवरले आग्रह गरेकी छिन ।


कृषि पर्दशनी मेला प्रतिस्पर्धा भन्दा पनि जिल्ला भित्रका विभिन्न कृषक विच आत्मीयता आदानप्रदान हुनुको साथै कृषि उत्पादनलाई कसरी व्यवस्थीत बनाउन सकिन्छ भन्ने बिषयमा थप हौसला प्रदान हुने विश्वास रहेको कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए । हाल डोल्पाका कृषकहरुको लागि सवैभन्दा ठुलो समस्या बजार व्यवस्थापन रहेकोले कृषि विकास कार्यालय हुने सबै खाले सहयोग कृषकलाई हुने र माथिल्लो निकायमा यहाँका कृषकका समस्यालाई पुर्याउने लामाले बताएका छन । यस्तै कृषि पर्दशनी मेलामा सहभागी जिल्लाका कृषकहरुलाई जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारी लगाएत जिल्लाका विभिन्न सरोवारवाला निकायले बधाई तथा शुभकामना दिएका छन । डोल्पा स्याउ,ओखर,सिमि लगाएतका खाध्यान्न वाली उत्पादन हुने राम्रो जिल्ला हो । यहाँ उत्पादन भएको फलफुल तथा खाध्यान्न वाली हवाईमार्ग र सडक मार्गबाट ढुवानी गर्न समस्या भएका कारण अधिकांस कृषकले खेतवारीमै सड्नेगल्ने समस्या भोग्दै आईरहेका छन ।

जिल्ला स्तरीय कृषि पर्दशनी मेलामा विभिन्न स्थान ल्याउने कृषक पुरस्कृत

जिल्ला स्तरिय कृषि पर्दशनी मेलामा विभिन्न स्थान ल्याउने कृषकहरुलाई पुरस्कार वितरण गरिएको छ । फलफुल वाली समुह अन्तरगत ठुलीभेरी ९ का कर्ण विर डाँगी प्रथम(स्याउँ),ठुलीभेरी ९ का कपिल डाँगी द्धितिय(स्याउ), ठुलीभेरी ११ का अजय कार्की तृतीय(ओखर),ठुलीभेरी ३ का अमन गुरुगं(कागती) र ठुलीभेरी १ का दशरथ रोकाया (किबि) ले शान्त्वना भएका छन ।यस्तै तरकारी वाली समुहमा ठुलीभेरी ९ का गोमा रोयाका(काउली) प्रथम, ठुुलीभेरी ८ का जमुना शाही(भण्टा) द्धितिय, ठुलीभेरी ३ का पार्वती केसी(भेडेखुर्सानी) तृतीय, ठुलीभेरी २ का हरि बहादुर रोकाया(काक्रो) र ठुलीभेरी ९ की हिमाली रोकाया(काउली) ले शान्त्वना स्थान हात पारेका छन ।
यस्तै खाधान्न वाली तर्फ त्रिपुरासुन्दरी २ का सरीता धराला(मकै) प्रथम, ठुलीभेरी २ का संगिता भण्डारी(चिनो) द्धितिय, ठुलीभेरी ९ का हिरादेवी शाही(कोदो) तृतीय, ठुलीभेरी ३ का लोरे कुलाल(मकै) र ठुलीभेरी २ का धन बहादुर रोकाया(कागुनो)ले शान्त्वना स्थान हात पारेका छन ।


यस्तै आलु वाली समुह तर्फ ठुलीभेरी १० का हिरालाल कार्की प्रथम, ठुलीभेरी ३ का रक्षा केसी द्धितिय, त्रिपुरासुन्दरी २ का अरुन रोकाया तृतिय, ठुलीभेरी २ का कृष्णदत्त न्यौपाने शान्त्वना भएका छन ।यस्तै दलहन तथा नगदे वाली समुह तर्फ ठुलीभेरी ८ का पुष्पा डाँगी(सिमि) प्रथम,ठुलीभेरी ३ का गौरी शाही(सिमि) द्धितिय, ठुलीभेरी २ का हरि बहादुर रोकाया (सिमि) तृतिय,ठुलीभेरी ४ का टेक बहादुर बुढा(सिमि) र ठुलीभेरी ४ का माने प्रसाद रोकाया (सिमि) शान्त्वना भएका छन । यस्तै मसला वाली समुह तर्फ ठुलीभेरी ४ का कर्ण बहादुर रोकाया(खुर्सानी) प्रथम, त्रिपुरासुन्दरी २ का विराट बुढा(प्याज) द्धितिय, ठुलीभेरी ३ का जुना केसी(खुर्सानी) तृतिय र ठुलीभेरी ४ का शान्ती बुढा (खुर्सानी) शान्त्वना भएका छन ।यस्तै विविध वाली समुहमा जगदुल्ला २ का मन्दीर थापा(चुकजुस) प्रथम, ठुलीभेरी ३ का मन्जु कुमारी शाही(मह)द्धितिय, ठुलीभेरी ३ का धन बहादुर केसी(मौरीघार) तृतिय, ठुलीभेरी ८ को पुष्प फलफुल तरकारी समुह(आरुजुस) शान्त्वना भएको छ ।विभिन्न समुहतर्फबाट प्रथम हुनेलाई नगद रु २ हजार ५ सय, द्धितिय हुनेलाई रु २ हजार, तृतिय हुनेलाई रु १ हजार ५ सय, शान्त्वना हुनेलाई एक हजारको दरले नगद सहित प्रमाणपत्र वितरण गरिएको छ ।